प्रतिक्षित फिल्म 'क्लासिक'को ट्रेलर सार्वजनिक । भिडियो

Classic_nepali movieदर्शकले निकै प्रतिक्षा गरिरहेको म्युजिकल लभस्टोरी फिल्म ‘क्लासिक’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर रिलिज गरिएको हो ।
सार्वजनिक ट्रेलरले फिल्मको मुख्य कथालाई प्रस्ट पार्न खोजेको छ । दुई आखा नदेख्ने युवायुवतिबीचको प्रेम र संगीत नै फिल्मको मुख्य कथा हो । आर्यन र नम्रता ट्रेलरमा हाबी छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा कलाकारहरुले फिल्म दर्शकले रुचाउनेमा आशावादी देखिए । निर्माण टीमले फिल्म हेर्न दर्शकलाई पटकपटक आग्रह गरे ।
यसअघि ‘नोभेम्बर रेन’ जस्तो हिट फिल्म बनाएका टीमले नै ‘क्लासिक’ निर्माण गरेका हुन । दिनेश राउत निर्देशक हुन भने सुवास गिरि निर्माता हुन । फिल्ममा आर्यन सिग्देल, नम्रता श्रेष्ठसँगै प्रज्वल सुजल गिरि सहित अन्य थुप्रै कलाकारको पनि अभिनय छ । फिल्म आउदो भ्यालेन्टाइनको अवसरमा रिलिज हुदैछ ।
हेर्नुस ट्रेलर :

Namaste Filmy

Read Previous

माघ १५ मा भुटानी शरणार्थीको कथा

Read Next

फ्राइडे रिलिज :“आधा पेज”,‘धौली’र ‘टिस्टा पारीको साइनो