फ्राइडे रिलिज :“आधा पेज”,‘धौली’र ‘टिस्टा पारीको साइनो

फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार नेपाली कथानक चलचित्र “आधा पेज”, ‘धौली’र ‘टिस्टा पारीको साइनो’ रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला । हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र “आधा पेज”, ‘धौली’र ‘टिस्टा पारीको साइनो’को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।
“आधा पेज”
aadha page postar 1फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार बाट देशका मुख्य मुख्य सिनेमा घर बाट चलचित्र “आधा पेज”प्रदर्शनमा आएको छ । चलचित्रलाई समुन्द्र भट्टको निर्देशन गरेकी हुन् ।चलचित्रमा सलोन बस्नेत ,रिस्ता बस्नेत ,रुपेश न्यौपाने , बिपना बस्नेत , दीपक क्षेत्री ,सुरज आरडी,सन्तोष ढकाल,, अशिम आरडीको पनि मुख्य अभिनय रहेको छ ।रुपक न्यौपानेको प्रस्तुतिमा परी फिल्मको ब्यानरमा लीला बहादुर न्यौपाने र ज्ञान बहादुर न्यौपानेले चलचित्रलाई निर्माण गरेका हुन् ।चलचित्रमा रमण गायक र रुपक न्यौपानेको शब्द तथा सगीत,रामजी लामिछानेको नूत्य निर्देशन,इन्द्र लाल श्रेष्ठको छायांकन ,आकाश बुढाथोकीको कथा ,सन्तोष ढकालको सम्पादन रहेको छ ।
‘धौली’
dhauli
त्यस्तै फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट देशभरका सिनेमा घरबाट चलचित्र ‘धौली’ प्रदर्शनमा आएको छ ।चलचित्र ‘धौली’ भने राजधानी बाहिरको हलमा मात्रै प्रदर्शनमा आउने छ भने १७ गते बाट राजधानीमा प्रदर्शनमा आउने छ । ‘धौली’ स्पाइनी ब्याबलर क्रियशनको ब्यानरमा शम्भु थापाको प्रस्तुती हो । फिल्मलाई घनश्याम लामिछानेले निर्देशन गरिरहेका छन । फिल्ममा गजित र अनुसँगै गीता अधिकारी, प्रकाश घिमिरे, बिद्या कार्की, विष्णु गौतम, अर्जुन गोदार लगायतको अभिनय रहनेछ । फिल्ममा रोशन श्रेष्ठको एक्शन , बसन्त सापकोटा र केवल घर्तीको संगीत, सन्तोष आत्रेयकोे कथा शम्भु थापाको सम्वाद रहेको छ भने दीर्घ खड्काको सम्पादन रहेको छ । किरण कुमार आत्रेय, सन्तोष आत्रेय र अर्जुन गोदारको संयुक्त लागानीमा बनेको चलचित्र धौलीलाई दिव्य सुवेदीले खिचेका हुन्, ।
‘टिस्टा पारीको साइनो’
download
त्यस्तै फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट देशभरका सिनेमा घरबाट चलचित्र ‘टिस्टा पारीको साइनो पनि प्रदर्शनमा आएको छ ।फिल्मलाई खिलबहादुर गुरुङले निर्देशन गरेका हुन । वाई के गुरुङ र रोजर गुरुङको निर्माण रहेको फिल्ममा निर्देशक गुरुङ मुख्य भुमिकामा छन । उनीसँगै अमिर गुरुङ, युनिता गुरुङ, साधाना गुरुङ, टिकाराम घले, मेघी गुरुङ लगायतको अभिनय छ ।फिल्मको अधिकांश छयांकन बैशाख १२ गतेको बिनाशकारी भुकम्पको केन्द्रविन्दु बारपाकमा गरिएको हो ।फिल्ममा बारपाक सहित लाप्राकका विभिन्न रमणिय सुन्दरता खिचिएका छन । त्यहाँका सस्कृति अनि भेषभुषालाई पनि फिल्मले समेटेको छ । फिल्ममा बारपाकका स्थानिय ब्यक्तिहरुले समेत अभिनय गरेका छन ।

Namaste Filmy

Read Previous

प्रतिक्षित फिल्म 'क्लासिक'को ट्रेलर सार्वजनिक । भिडियो

Read Next

अनमोलको ‘ड्रिम्स’को लुक बाहिरियो