म्युजिक भिडियोमा ब्यस्त छन दिपक खांण । नयां भिडियो हेर्नुहोस।

Picture1[dropcap][/dropcap]ञ्चरकर्मी देखि फिल्म निर्देशक सम्मको राम्रो छवि बनाएका निर्देशक दिपक खाण पछिल्लो समय विभिन्न म्युजिक भिडियो निर्देशनमा ब्यस्त हुन थालेका छन । उनको निर्देशनमा तयार भएको ‘याद आउदो रैछ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

करिब एक बर्ष अगाडि नै बजारमा आएको एल्बम ‘समय’ मा समावेश गीतमा रिमा गुरुङ होडा को स्वर रहेको छ । भुवन शर्मा कडेल को शब्द तथा बिशाल ढकालको संगीत रहेको गीतको भिडियो डि के फिल्मस अनामनगरको पोष्ट प्रोडक्सनमा तयार भएको हो । उर्मिला, क्रिजल र राजीव को अभिनय रहेको गीतलाई रामेश्वर कार्कीले खिचेका हुन ।
गीतको मर्मलाई पर्दामा जस्ताको तस्तै उतार्न सक्ने क्षमता भएको निर्देशक दिपक खाणले यसअघि पनि कयौ म्युजिक भिडियोको निर्देशन गरिसकेका छन । त्यस्तै उनले सलाम छ मायालाई, माया नगर लगायतका फिल्महरु निर्देशन गरिसकेका छन भने विभिन्न नेपाली, भोजपुरी तथा हिन्दी फिल्महरुमा अभिनय समेत गरेका छन ।Deepak Khand

Deepak Khand

Namaste Filmy

Read Previous

चितवनमा रंगमञ्च । नाटक 'सकस' दोहोर्याएर मञ्चन गरिदै ।

Read Next

महानायक राजेश हमाललाई सिम्पल सम्मान ।