यी हुन २०१५ मा सर्वाधिक कमाउने १० ठुला फिल्म

bollywood film-2015सन २०१५ बलिउड उद्योगका लागि निकै फलदायी रह्यो । यसबर्ष बलिउड फिल्मको कमाईले अहिलेसम्मकै इतिहास रच्यो । अहिलेसम्मकै सर्वाधिक कमाई यसबर्षको बलिउड फिल्महरुले गर्यो । यसबर्ष करिब १५० वटा भन्दा बढि फिल्महरु रिलिज भए ।
जसमध्य केहि फिल्मले निकै उत्कृष्ट ब्यापार गर्न सफल रह्यो भने केहिले सन्तोषजनक र केहिले लगानी जोगायो । अधिकांश फिल्मले भने निर्माता डुबायो । यहाँ हामीले यसबर्ष सर्वाधिक कमाई गर्ने विभिन्न १० फिल्मको बारेमा चर्चा गर्दैछौ ।
बजरंगी भाइजान
बजरंगी भाइजान यसबर्ष सबैभन्दा धेरै कमाई गर्ने फिल्म हो । सलमान खान, हर्षाली मल्होत्रा, करिना कपुर, नवाजुद्दिन सिद्दिकी लगायतको अभिनय रहेको यस फिल्मले जम्मा ३ अरब १६ करोड ७८ लाख कमाई गरेको छ ।
प्रेम रतन धन पायो
सलमानकै अर्को फिल्म प्रेम रतन धन पायो यसबर्षको सबैभन्दा धेरै कमाई गर्नेमा दोस्रो नम्बरमा छ । फिल्मले १ अरब ८७ करोड ४९ लाख कमाई गरेको छ । फिल्ममा सलमानसँगै सोनम कपुर, निल नितिन लगायतको अभिनय थियो ।
तनु वेडस् मनु रिटर्न्स
कंगना रनवतको फिल्म तनु वेड्स मनु रिटर्न्सले तेस्रो नम्बरमा बाजी मार्यो । तनु वेड्स मनुको सिक्वेल यस फिल्मले १ अरब ५१ करोडभन्दा धेरै कमाई गरेको छ । फिल्मको लगानी जम्मा ३१ करोड रुपैया थियो ।
बाहुबली
सर्वाधिक चर्चित फिल्म बाहुबली कमाईको हिसाबले चौथो नम्बरमा छन । प्रभास, तमन्ना, अनुष्का, राणा लगायत स्टारर यो फिल्मको हिन्दी भर्सनले १ अरब १० करोडभन्दा बढि कमाएको थियो ।
एबिसिडि २
बरुण धवन र श्रद्धा कपुर अभिनित एबीसिडी २ यसबर्षको पाँचौ सर्वाधिक कमाई गर्ने फिल्म हो । फिल्मले १ अरब ४ करोडभन्दा अधिक ब्यापार गरेको थियो ।
यसबाहेक वेलकम ब्याक, ब्रदर्स, गब्बर इज ब्याक, बेबी र पिकु क्रमश सर्वाधिक कमाई गर्ने उत्कृष्ट १० फिल्म हुन । यसबाहेक बर्षको अन्तिमतिर रिलिज दिलवाले र बाजिराव मस्तानीले पनि निकै राम्रो कलेक्सन गरिरहेको छ ।

Namaste Filmy

Read Previous

बिक्रम कँडेल मोडलिङ सगै म्युजिक भिडियो निर्देशनमा (भिडियो सहित )

Read Next

गायक बने सञ्चारकर्मी दिपेन्द्र