महानायक राजेश हमाललाई सिम्पल सम्मान ।

[dropcap]ने[/dropcap]पाली चलचित्र क्षेत्रमा बिगत दुइ दशकभन्दा बढी समयदेखि प्रत्यक्ष लागीरहनुभएका महानायक  राजेश हमाललाई सोमबार काठमाडौंमा सिम्पल आर्टस् सम्मान २०७० ले सम्मान गरिएको छ ।Photo by: मिडिया एनपी विगत १६ बर्ष देखी हरेक बर्ष राष्ट्रिय स्तरका कलाकार तथा साहित्यकारहरुलाई प्रदान गरिदै आएको राष्ट्रिय स्तरको सो सम्मानले राजेशसहित विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी, कलाकार, साहित्यकारहरु गरि ६ जनालाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानित हुनेहरुमा महानायक राजेश हमाल, क्रिसु क्षेत्री, मुक्ति पाण्डे, रुकमणि श्रेष्ठ,हेम पौडेल,सामा खरेल छन । कार्यक्रममा किरण मानन्धरले सम्मान वितरण गरेका थिए ।rajesh2
कार्यक्रममा बोल्दै नायक राजेश हमालले आफुलाई यस सिम्पल आर्टस् सम्मान पाउदा निकै खुसी लागेको बताउदै यस्ता कार्यक्रमले अझ राम्रो काम गर्न उत्साह मिल्ने बताउनुभयो । कार्यक्रम सिम्पल आर्टस् सम्मान २०७० मूल आयोजक समितिका अध्यक्ष शंकर भारतीको सभापतित्वमा सम्पन्न भएको थियो ।

Photo By: मिडिया एनपी

Namaste Filmy

Read Previous

म्युजिक भिडियोमा ब्यस्त छन दिपक खांण । नयां भिडियो हेर्नुहोस।

Read Next

यी हुन रामकृष्ण ढकाल-२ । (साभार गरिएको)