बर्षभरि सबैभन्दा चर्चित रहे तीन खान

141212061340_salman_shahrukh_aamirसन् २०१५ मा बलिउडमा सर्वाधिक भर्भामा तीन खान नै रहे । उनीहरुको फिल्म, अभिब्यक्ति तथा विभिन्न क्रियाकलापले अरुभन्दा निकै चर्चित बनेका हुन । ५० वर्षको उमेर पुरा गरेका यी तीनै अभिनेता चर्चित हुनुमा राम्रा नराम्रा पक्ष तीनै जनाको उतिकै छ ।
सलमान खान चर्चामा रहनुको कारण उनको चलचित्र, उनीमाथिको मुद्दामा फैसला, शाहरुख खानसँगको सम्बन्धमा आएको सुधार लगायत रह्यो । चर्चित ‘हिट एण्ड रन’ मुद्दामा उनले अदालतबाट सफाई पाए । उनका चलचित्रहरु ‘बजरंगी भाइजान’ र ‘प्रेम रतन धन पायो’ को सफलताले पनि उनलाई चर्चाको केन्द्रमा तान्यो । यतिमात्र होइन, टेलिभिजन कार्यक्रम ‘बिग बोस’को होस्टिङ्ग र निर्माताका रुपमा ‘हिरो’ चलचित्रमार्फत दुई ‘स्टार किड्स’ लाई अभिनय यात्रामा उतार्नु जस्ता विषयबाट पनि उनी चर्चित रहे ।
सलमानपछि चर्चा बटुल्ने मामलामा शाहरुख दोस्रो नम्बरमा रहे । उनले आफ्नो जन्मदिनका अवसरमा दिएको बयानले भारतमा ठूलो विवाद खडा गर्‍यो ।  ‘असहिष्णुता’ सम्बन्धी उनको बयानमा भारतको सत्ता पक्ष र विपक्षी दलबीच ठूलै बहस पनि भयो ।
यस अतिरिक्त उनको सुपरहिट चलचित्र ‘दिलवाले दुल्हनियाँ ले जाएङ्गे’ ले एउटा सिनेमा हलमा २० वर्ष पुरा गरेका कारण पनि उनको चर्चा भएको छ । सोही चलचित्रकी नायिका काजोलसँग शाहरुखले अभिनय गरेको पछिल्लो चलचित्र ‘दिलवाले’ यसै वर्ष प्रदर्शन भयो । सलमान खानसँगको झगडा सुल्झाउँदै दुबै कलाकार एकै मञ्चमा उभिएर दोस्ती सुरु गरेका कारण पनि शाहरुख चर्चाको केन्द्रमा रहे ।
अर्का खान अमिरको भने यस वर्ष कुनै चलचित्र प्रदर्शन भएन । तर पनि उनी चर्चामा तानिए । उनले ‘असहिष्णुता’ सम्बन्धमा दिएको बयान विवादित भएपछि चर्चामा तानिएका हुन् । अमिरले भारतमा ‘असहिष्णुता’ बढ्दै गएको जिकिर गर्दै आफ्नी पत्नीले भारत छाड्न सुझाव दिएको बताएका थिए । उनको यो भनाईपछि भारतमा राजनीतिक बृत्तमा विवादको विषय थपिएको थियो । यस अतिरिक्त सन् २०१६ मा प्रदर्शन हुने चलचित्र ‘दंगल’ का कारण पनि अमिर खान चर्चामा रहे । सो चलचित्रका लागि उनले आफ्नो वजन निकै बढाएका छन् ।

Namaste Filmy

Read Previous

संचारकर्मी सुवास संकल्प म्युजिक भिडियो निर्देशनमा

Read Next

प्रविन्दको निर्देशनमा 'यो पागल मन' । भिडियो