प्रविन्दको निर्देशनमा 'यो पागल मन' । भिडियो

Prabinda-kafleमोफसलमै रहेर फिल्म तथा म्युजिक भिडियो निर्देशनमा सक्रिय प्रविन्द काफ्लेको निर्देशनमा नयाँ गीत सार्वजनिक भएको छ । गायक आशिक प्रजापतिको स्वर रहेको ‘यो पागल मन’ बोलको गीतको भिडियो हालै सार्वजनिक गरिएको हो । रोमान्टिक जनराको गीतमा आशिककै शब्द तथा संगीत छ ।
भिडियोमा अनु काफ्ले, शंकर कोइराला र रोशन श्रेष्ठ फिचरिङ छन । भिडियोको छयांकन तथा सम्पादन स्वयम निर्देशक प्रविन्दले गरेका हुन । क्यामेरा चलाउनेदेखि हरेक प्राविधिक काममा समेत दख्खल राख्ने उनले भिडियोको काम सक्दो उत्कृष्ट गरेको बताए । उनले भिडियोमा रोमान्टिक कथा देखाउन खोजिएको र त्यसलाई दर्शकले रुचाउने बिश्वास ब्यक्त गरे ।
द रियल ग्याङस्टार नामक फिल्म समेत निर्देशन गरिसकेका प्रविन्दले विगतमा गरेका भिडियोहरुमा भएका कमी कमजोरीलाई सुधार्दै काम गरेकाले दर्शकले गुनासो गर्ने ठाँऊ  उनको दाबी छ । यद्यपि दर्शकको प्रतिक्रिया र ताली गाली सधै स्वीकार हुने उनले बताए । उनले अब छिट्ट फिचर फिल्म स्टुडेन्टको निर्देशन गर्न लागिएको पनि जानकारी दिए ।

गीतको भिडियो हेर्नुहोस :

Namaste Filmy

Read Previous

बर्षभरि सबैभन्दा चर्चित रहे तीन खान

Read Next

शुक्रबार बाट ‘म त तिम्रै हुँ’ को छायांकन सकिदै ,आकाश र जोयस्ना राजा रानी हेर्नुहोश (फोटो फिचर)