शाहरुखको 'दिलवाले' भन्दा हमालको 'बागमती' उत्कृष्ट

Bagmati-firstlook1शुक्रबार रिलिजको तयारीमा रहेको फिल्म बागमतीको चर्चा अहिले जताततै छ । निकै प्रतिक्षित मानिएको यस फिल्मलाई लिएर निर्माण पक्ष निकै उत्साहित छन । रिलिज डेट नजिकिएसँगै फिल्म युनिटले पोखरा र चितवनका पत्रकारसँग भेटघाट गर्यो ।
सञ्चारकर्मीसँग फिल्मको बारेमा भलाकुसारीमा निर्माता दिनेश दर्शनधारीले बलिउडका ब्लकबस्टर फिल्म दिलवाले भन्दा बागमती धेरै उत्कृष्ट रहेको दाबी गरे । सञ्चारकर्मीको जिज्ञासामा उनले भने टेक्निकल रुपमा दिलवाले भन्दा बागमती उत्कृष्ट छ । कयौ सुपरहिट हिन्दि फिल्मले प्रयोग नगरेको प्रविधि हामीले प्रयोग गरेका छौ ।
उनले फिल्मको एक्सन, थ्रिलर पार्ट हलिउड स्तरको रहेको दाबी गरे । यस्तो उच्च प्रविधिमा अहिलेसम्म नेपाली फिल्म नबनेको उनको दाबी छ । कथा भने सामन्य र सरल नै रहेको उनले बताए । धेरै नेपाली फिल्ममा कथा उत्कृष्ट भए पनि प्रस्तुति र प्रविधि गुणस्तरिय नहुदाँ असफल हुने गरेको बताए ।
आफुहरुले क्यामेरा, क्रेनदेखि लाइट सबै दक्षिण भारतबाटै झिकाएको र नेपाली फिल्ममा पहिलोपटक यस्तो प्रयोग भएको उनको भनाई छ । फिल्मको लगानी धेरै रहनुमा दक्षिण भारतीय प्रविधि नै कारण रहेको उनले प्रस्ट्याए । राजेश हमाल, शिव श्रेष्ठ, केकी अधिकारी, रविकर घिमिरे, श्रेया कार्की लगायतको अभिनय रहेको फिल्मको लगानी साढे दुई करोडभन्दा बढि नाघेको उनले बताए ।

Namaste Filmy

Read Previous

बक्सअफिसमा सलमान नं. १, शाहरुख सातौ

Read Next

भुकम्पले हल्लायो अमिताभलाई पनि