‘प्रेम गीत’को अर्को उत्कृस्ट गीत सार्वजनिक (भिडियो सहित )

सुर्दशन थापाको निर्देशन रहेको चलचित्र ‘प्रेम गीत’को नयाँ सार्वजनिक भएको छ ।डा. कृष्णहरि बरालको शब्द रहेको ‘म त अलपत्रै पर्छु’बोलको सार्वजनिक गीतमा अञ्जु पन्त र स्वरुपराज आचार्यले यसमा स्वर दिएका छन् ।गीतमा अर्जुन पोखरेलको संगीत रहेको यस गीतमा कोरियोग्राफर भने रेनाशा राईले गरेकी हुन् ।गीतमा चलचित्र मुख्य नायक नायिका प्रदीप खड्का र पूजा शर्मा फिचारिंग गरिएको छ ।
prem geetफेब्रुअरी १४ अर्थात भ्यालेन्टाउन डे को अवसरमा माघ २९ गते बाटप्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेम गीत’अहिले गीत संगीतले गर्दा निकै चर्चामा रहेको छ ।चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन्।चलचित्रमा प्रदीप खड्का, पूजा शर्माको अलवा सरोज खनाल, रुपा राणा, लक्ष्मी गिरी, राजाराम पौडेल लगायतको कलाकारको मुख्य भूमिका रहेको छ ।यो फिल्म युवा पुस्ताको प्रेम र पारिवारीक कथा बस्तुमा आधारित छ ।

Namaste Filmy

Read Previous

भुकम्पले हल्लायो अमिताभलाई पनि

Read Next

‘क्लासिक’ को नया गीत सार्वजनिक (भिडियो सहित )