रामप्यारी नायिका रेखा थापाले लक्ष्मणको ‘लालजोडी'मा गीत गाइन्

अभिनेत्री रेखा थापा नेपाली चलचित्र क्षेत्रकी स्टार पावर भएकी नायिका हुन् ।चलचित्र क्षेत्रमा रेखाले गरेको हरेक कामहरु चर्चामा हुने गर्छन । आज मंगलबार यिनै रामप्यारी नायिका रेखा थापाले एउटा चलचित्रमा आफ्नो आवाज दिएर चलचित्र नगरीमा हलचल मचाएकि छिन् ।संचारकर्मी लक्ष्मण सुवेदीले निर्माण तथा निर्देशन गर्न लागेका नेपाली कथानक चलचित्र ‘लालजोडी’को उनले एउटा गीतको लागि आफ्नो स्वर दिएकी हुन् । चलचित्र ‘लालजोडी’को गीतमा उनीसँगै प्रह्लाद तिमल्सिनाले स्वर दिएका छन ।rekha-thapa  laljosiरोमान्टिक गीतमा नायिका थापाले सहज ढंगलेनै आवाज दिएकी छिन् । ‘माँ कसम, माँ कसम’ बोलको गीतमा उनले आवाज दिएकी हुन् ।नले यसअघि अजम्बरी नाता, वर्षात लगायतका केही फिल्ममा गाएकी थिईन ।उनको आवज रेकर्डिङ्ग सम्पन्न गरी सकेपछि चलचित्र लालजोडीका संगीतकारले कुनै व्यवसायिक गाईका भन्दा नायिका थापामा कम क्षमता नरहेको बताए ।गीतमा संगित थानेश्वर गौतमले दिएका छन् । गीत रेकर्डिङ्ग सम्पन्न भईसकेपछि निर्देशक लक्ष्मण सुबेदीले चलचित्रको छायांकनको सम्पुर्ण तयारी लगभग सम्पन्न भएको तर कथित नाकाबन्दीको कारण आफ्नो चलचित्र फलोरमा जान नसकिएको गुनासो गरे । यथपि चलचित्रको सुटिङ छिट्टै गरिने निर्माता सुवेदीले जानकारी दिए । नायिका थापाले निर्माण गरेको चलचित्र ‘रामप्यारी’ चैत २६ गते रिलिज हुँदैछ ।

Namaste Filmy

Read Previous

बिपासासँग फिल्म खेल्दै सुनिल, तक्मे बुढाको पनि बलिउड डेब्यु

Read Next

राजेश हमाल र शिव श्रेष्ठले 'बागमती'हेरेर सन्नि केरलाको कामको तारिफ गरे