'फन्को'को पत्रकार भेटघाट ,नया ट्रेलर सार्वजनिक (भिडियो सहित )

माघ १ गते रिलिजको तयारीमा चलचित्र ‘फन्को’ले शुक्रबार राजधानीमा पत्रकार भेटघाटको आयोजना गरेको छ ।पत्रकार भेटघाटमा चलचित्रको सम्पूर्ण कलाकार देखि निर्माण युनिट लगायत अन्य फिल्मकर्मी र सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।बहुप्रतिक्षित चलचित्र ‘फन्को’को कलकार सबैले राम्रो चलचित्र निर्माण बनेको भन्दै चलचित्र चल्नेमा आशाबादी रहेको बताएका थिए ।
fanko press metनायिका केकी ले यस चलचित्रमा भिन्न अभिनय गरेको बताउदै यो पटक टिपिकल नेपालीपना बोकेकी महिलाको भूमिकाअभिनय गरेको बताउनु भयो । उनले गाउँले शैलीको महिलाको भुमिका निभाएकी छिन् । फिल्मको सुटिङको समयको अनुभव सेयर गरेकी केकी ड्राईभरको पत्नि बन्दा निकै डराईन लागेको समेत बताउनु भयो । त्यस्तै अभिनेता दयाहाङ राईले फिल्मले एक कालखण्डको प्रतिनिधित्व गरको भन्दै सकेसम्म राम्रो काम गरेको धारणा राखे ।चलचित्रमा सामबेश ‘ठुङ्दे ठुङ्दे’ बोलको रमाइलो गीत अहिले बजारमा खुब चर्चा बटुल्नेको साथै सबैले मन पराएका छन् ।सो कार्यक्रममा चेतन सापकोटा र रेश्मा सुनुवारले ‘ठुङ्दे ठुङ्दे’गीत गएर समेत सुनाएका थिए ।
fanko pressचलचित्र ‘फन्को’लाई सुर्बण थापाले कथा,पटकथा, लेखन तथा निर्देशन गरेका हुन् ।हेटौडा मुभि मेकर टिमको प्रस्तुतीमा नरेन्द्र महर्जन, शहदेव गौतम, पदम गुरुङले मिलेर निर्माण गरेका हुन् ।फन्कोमा सौगात मल्ल, दयाहाङ राई,अनुप बराल,केकी अधिकारी,प्रियका कार्की,केशब भटराई लगायतका कलाकारहरुले अभिनय गरेका छन ।चलचित्र ‘फन्को’ नया ट्रेलर समेत सार्वजनिक गरिएको छ ।

Namaste Filmy

Read Previous

फ्राइडे रिलिज : बहुप्रतिक्षित चलचित्र ‘बागमती',चलचित्र हेर्नेलाई बाइकदेखि सुनको सिक्कासम्म उपहार

Read Next

मन्त्रीको उपस्थितिमा ‘बागमती’को बिशेष सो (फोटो फिचर)