बिग बी अमिताभ बच्चनको स्वास्थ्यमा खराबी ।

[dropcap]ब[/dropcap]लिउड महानायक अमिताभ बच्चनको स्वस्थ्यमा समस्या देखिएको छ । शरिरमा दुखाई बढदै गएपछि उनलाई आरामको आवश्यकता रहेको चिकित्सकको सल्लाह छ । उनले आफनो फेसबुक स्टाटसमार्फत आफ्नो स्वास्थ्यको बारेमा लेख्दै दुखाई बढिरहेको बताएका छन ।Amitabh-Bachchan-01सोमबार मुटु दुखाईको समस्या देखिएपछि उनले मुम्बइस्थित एक अस्पातालमा सिटिस्क्यान गराएका थिए । सिटीस्क्यान सफलताका साथ गरिएपनि अझै दुखाई कम नभएपछि अमिताभलाई बेड रेस्टको जरुरत परेको हो ।
अमिताभ लाई बेड रेस्ट गर्न रुचि नभए पनि बाध्य भएर घरमै बस्नुपरेको उनले अपडेट गरेका छन । उनी घरमा बस्दा नातिनी आराध्यसंग खेल्दै समय बिताउने गरेको पनि उनले बताएका छन ।
हाल ७१ बर्ष उमेर पुगेका बिग बी अझै पनि फिल्म तथा बिज्ञापन मा अभिनय गर्न ब्यस्त थिए । उनी विभिन्न कम्पनी तथा आयोजनाहरुको ब्रान्ड एम्केसेडर पनि हुन । उनी हाल गुजरात पर्यटन विभागको लागी खुश्बु गुजरात मा अभिनय गर्ने तयारीमा थिए । त्यस्तै उनको नयां फिल्म भुतनाथ रिटन्र्स को प्रोमोशनमा पनि उनी ब्यस्त थिए । भुतनाथ रिटन्र्स अगामी अप्रिल ११ मा रिलिज हुदैछ ।

Namaste Filmy

Read Previous

यी हुन रामकृष्ण ढकाल-२ । (साभार गरिएको)

Read Next

निशा सुनारले अमेरिकामै छोरी जन्माइन ।