अनमोलको 'ड्रिम्स' ट्रेलरले नै गर्यो रेकर्ड ब्रेक

Dreams-anmolसोमबार अपरान्ह युटुबमा हालिएको यसबर्षकै सर्वाधिक प्रतिक्षित फिल्म ‘ड्रिम्स’को ट्रेलरले नै रेकर्ड ब्रेक गरेको छ । ट्रेलरलाई युटुबमा हालिएको २४ घण्टा अर्थात १ दिनमा नै सवा लाखभन्दा बढि दर्शकले हेरेका छन । नेपाली फिल्म इतिहासमा ट्रेलरले छोटो समयमा नै यति संख्यामा दर्शक पाएको यो नै पहिलो हो ।
ड्रिम्सको ट्रेलर हेरेका सयौ दर्शकले खुलेर तारिफ गरेका छन । एक दिनमै सयौ प्रतिक्रिया पाएको फिल्ममा अनमोलको लुक्स र फिल्मको गुणस्तरलाई अधिक तारिफ मिलेको छ । केहिले भने अनमोलको जेरी र होस्टेल छवि दोहोरिएको प्रतिक्रिया दिएका छन ।
यसबाट निर्माण युनिट निकै उत्साहित छन । फिल्मलाई काजोल फिल्मस्को ब्यानरमा नायक भुवन केसीले पहिलो पटक निर्देशन गरेका हुन । भुवन स्वयम निकै गदगद छन । अनमोललाई फिचर गरेर पहिलोपटक निर्देशन गरेको फिल्मको उनको लागि फाप्ने संकेत देखिएको छ ।


ट्रेलर आउट गरेसँगै फिल्मको प्रतिक्षा झनै ब्यग्र बनेको छ । सर्वाधिक युवति फ्यान फलोइङ भएका स्टार अनमोल पनि यो प्रतिक्रियाबाट खुशी छन । फिल्ममा अनमोल र भुवनको फ्युजन मिलेकाले दुवै स्टारको फ्यान ड्रिम्सको दर्शक बन्न सक्छन । त्यसैले फिल्म हिट हनेमा दुइमत देखिएको छैन ।
फिल्म आउदो फाल्गुन २१ गतेबाट रिलिज हुदैछ । अनमोलसँग, सम्राज्ञीराज्यलक्ष्मी र सन्ध्या केसी मुख्य कलाकार हुन ।

Namaste Filmy

Read Previous

मोफसलबाटै निर्देशनमा जम्छु : प्रविन्द काफ्ले

Read Next

आफ्नै जिन्दगी देखि हारेका नायक आर्यन सिग्देलको भिडियो हेर्नुहोश