
फिल्म ‘रोल्पा रोग’ले रिलिज मिति तय गरेको छ । फिल्मका निर्देशक दिपक वलीका अनुसार यो फिल्म अर्को बर्षको बैशाख १७ बाट हलमा लाग्नेछ । लामो समयको अभ्यास र अध्ययनपछि रिलिज मिति तय गरेको उनी बताउछन ।
यसअघि फाल्गुनमै रिलिज गरिने भनिएपनि देशको हालको अवस्था र फिल्म चलाउने अस्वस्थ होडबाजीका कारण बैशाख रोजिएको उनले बताए ।
योसँगै फिल्म ‘जंगे’सँग ‘रोल्पा रोग’को भिडन्त हुने भएको छ । ‘जंगे’ पनि सोहि मितिमा रिलिज हुने यसअघि नै निश्चित भइसकेको छ ।
रोल्पा रोग ग्रामिण समाजिक कथाबस्तु हो । रोल्पामै छयांकन गरिएको फिल्ममा शिशिर भण्डारी, कुलदिप अधिकारी, जनक थापा, शुशिल पोखरेल, बिनु खडका, रामबाबु आक्रोश, कश्मिर रसाइली लगायतको अभिनय रहेको छ ।

