यहाँ नयाँलाई पेल्न खोज्दा रहेछन ,'बागमती २'अझ बलियो भएर आउछ :दिनेश दर्शनधारी

12376386_10206493451109316_604620795514438378_n– चलचित्र बागमती अहिले रिलिज भईरहेको छ, के छ मूख्य ब्यापारको रेस्पान्स ?
पहिलो हप्ता शुक्रबार र शनिबारको शो मा बागमतीको कारोबार अत्यन्तै राम्रो गर्यो । त्यस पछिका पछिल्लो दिनहरुमा पनि सन्तोषजनक गरेका छ । भोलिका दिनहरुमा पनि अझ राम्रो ब्यापार गर्छ भन्नेमा हामिलाई लागिरहेको छ ।
– तर धेरै ठाँउमा प्रर्दशनको २ दिनमा नै उत्रियो नित यो सिनेमा ?
यस्तो हो सर यहाँ नयाँलाई अलि पेल्न खोज्दा रहेछन् । राजधानिमा कतै उत्रिएको छैन । ब्यापार बढिरहेको छ । उपत्यका बाहिर जहाँ हामि पुग्दैन र देख्दैन बितरकले मनलाग्दी ढंगले उतारदिएको सत्य हो । तर राजधानि र भ्यालि बाहिरको मेजर स्टेसनमा कतै पनि उत्रिएको छैन ।
– फिल्म हेरेका चलचित्रकर्मीहरुले त जिवनकै झुर फिल्म हेरीयो भनेनित बागमतीलाई, रेस्पोन्स राम्रो आएन नि ?
त्यास्तो पनि नभनौ । कतिलाई हाम्रो बिचार मन नपरेको हुन्छ । यो १० निर्माताहरुको बिचारले बनेको सिनेमा हो । सबैले बनाईरहेको रोनाधोना, कमेडी, आट खालको चलचित्र हामिले बनाउन चाहिनौ । हाम्रो चलचित्र मदराशि शैलिमा पार्ट १ र पार्ट २ लगभग एकै पटक शुटिङ्ग गरिन्छ । आदि सिनेमा त दर्शकले हेर्नै पाउनु भाएको छैन । यसैले पनि यस्तो कुरा आएको होला ।
– भन्दिनुन त स्पष्ट, अहिले सम्म कति पैसा आयो त बागमतीलाई ?
पहिलो हप्ताको कलेक्सन हेर्दा खेरी नेपाल राईटबाट हामिले ५० लाख रुपैया पाउने सम्भावना देखेका छौ । हामिले ८० लाख रुपैया ईन्डियाबाट आईसकेको छ । प्रदर्शन जारी छ । पछि सम्म कस्तो आउछन् अहिले भन्न मिल्दैन र तर १ करोड चै आईसकेको छ फिल्मको बिजनेसबाट ।
– २ करोडमा बनेको सिनेमाले १ करोड त घाटा खाने भयोत सिधै ?
यस्तो हो यसको हिसाब अहिलेनै हुदैन यस्का ठूला ठूला मार्केटको सम्भावनाहरु धेरै छन् । पार्ट २ रिलिज भईसके पछि मात्र यसको खास हिसाब आउछ । अहिले नै घाटा नाफा छुटाउन मिल्दैन ।
– कतिले त पार्ट १ नै नराम्रो भएसके पछि पार्ट २ त नआउने सम्भावना रहेको बताए ?
अब सिनेमा हामिले बनाउने हो । मार्केटिङ्ग हामिले गर्ने हो । आउने नआउने, बनाउने नबनाउने त्यो हामिले हो । हाम्रो चलचित्रको भबिष्य कसैले निर्धाराण गर्न मिल्दैन । एक घण्टाको फिल्म बागमती २ खिचिसकेका छौ । बागमती २ सतप्रतिशत बजारमा आउछ । भर्खर त शुरु भएको छ बजारमा । हामि बजार अनुशन्धान गरीरहेको छौं ।
 
बक्स अफिस

Namaste Filmy

Read Previous

'रोल्पा रोग' बैशाख १७ बाट

Read Next

हेर्नुहोस 'धुर्मुस सुन्तली डटकम'