अरबी मुलुकमा हलिउड फिल्म 'नोह'माथी कडा प्रतिबन्ध ।

[dropcap]धा[/dropcap]र्मिक कारण देखाउँदै तीन अरब मुलुकले हलिउड फिल्म ‘नोह’लाई वल्र्ड प्रिमियर हुनुअघि नै प्रतिबन्ध लगाएको छ । पारामाउन्ट पिक्चर्सले  जनाएअनुसार फिल्ममाथि केही मुद्दा पनि लाग्ने सम्भावना छ । ‘कतार, बहराइन र युएईका सेन्सरले यो फिल्म चल्न नदिने आधिकारिक निर्णय नै गरिसकेको पारामाउन्ट पिक्चर्सका प्रतिनिधिले जनाए ।noahरसेल क्रो र एन्थोनी हप्किन्सको मुख्य भूमिका रहेको फिल्मलाई पारामाउन्टले १२ करोड ५० लाख डलरमा निर्माण गरेको हो । ती देशका सेन्सरअनुसार फिल्मले इस्लामका वचनहरुलाई गलत रुपमा प्रस्तुत गरिएको छ । यस्तै खाले प्रतिबन्ध इजिप्ट, जोर्डन र कुवेतले पनि गर्ने सम्भावना छ ।
मोहम्मद र अरु धार्मिक पात्रहरुलाई युरोप र अमेरिकाका कलाका कुनै पनि माध्यममा गरिएको चित्रणप्रति इस्लाम राष्ट्रहरुमा गत एक दशकदेखि कडा विरोध जनाउँदै आएका छन् । यसले गर्दा इस्लाम राष्ट्र र पाश्चात्य देशहरुबीच सांस्कृतिक तनाव उत्पन्न हुँदै आएको छ ।
मेल गिब्सनको सन् २००४ को फिल्म ‘द प्यासन अफ क्राइस्ट’ चाहिँ इस्लाम धर्मगुरुहरुको व्यापक विरोध हुँदाहुँदै अरबभर चलेको थियो ।

सन् २०१२ को ‘ओमार’ पनि विरोधका वाबजुद एक अरबी टिभी च्यानलमा प्रसारण भएको थियो । यसअघि ‘द रेस्लर’ र ‘ब्ल्याक स्वान’ निर्देशन गरेका डारेन अरोनोफ्स्की नै ‘नोह’का निर्देशक हुन् ।फिल्मको वल्र्ड प्रिमियर आगामी मार्च २८ मा अमेरिकामा हुनेछ ।

Namaste Filmy

Read Previous

निशा सुनारले अमेरिकामै छोरी जन्माइन ।

Read Next

नयां बर्षमा 'ढकाल सुमधुर सांझ' हुने ।