‘प्रेम गीत’को अर्को मन छुने गीत सार्वजनिक (भिडियो सहित )

उत्कृस्ट गीत संगीतको कारण निकै चर्चामा रहेको चलचित्र ‘प्रेम गीत’ अर्को मन छुने गीत सार्वजनिक भएको छ ।यस अघि चलचित्रको सार्वजनिक गीतले बजारमा चल्छ बटुल्दै गर्दा चलचित्रको ‘मैले सोचेको जस्तो’ बोलको गीत सार्वजनिक भएको छ ।अर्जुन पोखरेलको संगीत रहेको यस गीतमा सन्तोष लामा र स्वेच्छा ठकुरीको स्वर रहेको छ भने शब्द डा. कृष्णहरि बरालको रहेको छ ।यस गीतमा कोरियोग्राफर भने रेनाशा राईले गरेकी हुन् ।
prem geet postarगीतमा चलचित्र मुख्य नायक नायिका प्रदीप खड्का र पूजा शर्मा फिचारिंग गरिएको छ ।यो जोडीलाई अहिले चलचित्र नगरीमा सम्भावना बोकेको नायक /नायिकाको रुपमा लिन थालिएको छ ।चलचित्रमा प्रदीप खड्का, पूजा शर्माको अलवा सरोज खनाल, रुपा राणा, लक्ष्मी गिरी, राजाराम पौडेल लगायतको कलाकारको मुख्य भूमिका रहेको छ ।चलचित्र फेब्रुअरी १४ अर्थात भ्यालेन्टाउन डे को अवसरमा माघ २९ गते बाट प्रदर्शनमा आउदै छ ।चलचित्रलाई सुर्दशन थापाले निर्देशन गरेका हुन् । युवा पुस्ताको प्रेम र पारिवारीक कथा बस्तुमा आधारित चलचित्र ‘प्रेम गीत’लाई सन्तोष सेनले निर्माण गरेका हुन्।

Namaste Filmy

Read Previous

सामाजिक कार्यमा फन्को,पहिलो दिन नै देशभर उत्कृस्ट कलेक्सन

Read Next

शिव परियारले खिचरा महोत्सवमा २ घण्टा दर्शक नचाए (फोटो फिचर )