मिनुषाले जितिन 'मिस नर्स'को उपाधि

Miss Nurseकाठमाडौ । नर्सिङ पेसामा रमाएका र भविस्य खोज्ने युवतीको प्रतिभा निखार्दै पेसा र समाज प्रति थप जिम्मेवार र उत्तरदायी बनाउने उदेश्यले नेक्स्ट मोडल्स नेपालले राजधानीमा आयोजना गरेको ‘युनिक्याम्पस मिस नर्स नेपाल २०७२’ को उपाधि मिनुष कायस्थले जितेकी छन् । उनले ४१ सुन्दरीहरुलाई पछि पार्दै उक्त उपाधि चुमेकी हुन् ।
प्रतियोगितामा सृष्टि राउत र लक्ष्मी रिजाल क्रमशः फष्ट र सेकेण्ड रनर अप बने । शीर्ष उपाधि विजेता मिनुषले शीर्ष ताजसँगै सृजनशील बाल कल्याण केन्द«को सदभावना दुतसँगै अष्ट्रेलियामा छात्रवृत्तिमा पढ्ने अवसर र विभिन्न गिफ्ट ह्याम्पर पाईन् भने फष्ट र सेकेण्ड रनरअपले पनि अष्ट्रेलियामा छात्रवृत्तिमा पढ्ने अवसर र विभिन्न गिफ्ट ह्याम्पर पाए ।
विधागततर्फ दिव्या भण्डारी ‘ब्युटी विथ ब्रेन’, नयुमा राई ‘बेष्ट पर्सनालिटी’, वर्षा कार्की ‘बेष्ट क्याटवक’, सुबी लामा ‘बेष्ट नर्सिङ थिम ड्रेस’, सम्झना श्रेष्ठ ‘मष्ट पपुलर’, स्वेता थापा ‘पब्लिक च्वाईस’, रिया देउला ‘मष्ट डिसिप्लेन’, श्रृष्टि राउत ‘मष्ट ट्यालेन्ट’, सपना घर्ती मगर ‘बेष्ट स्माइल’ घोषित भए ।
त्यस्तै अनुषा राजभण्डारी ‘मष्ट चार्मिङ’, पुजा तामाङ ‘बेष्ट स्किन’, प्रिमा मानन्धर ‘बेष्ट हेयर’, रमा श्रेष्ठ ‘मष्ट फोटोजेनिक’, कृपा श्रेष्ठ ‘सोसियल्ली रेस्पोन्सिबल नर्स’, सुष्मा श्रेष्ठ ‘मष्ट फ्रेण्डली’, स्तुति सिंह राठौर ‘मष्ट बब्ली’ र वर्षा राना ‘मष्ट ब्युटिफुल’ बने ।

Namaste Filmy

Read Previous

शिव परियारले खिचरा महोत्सवमा २ घण्टा दर्शक नचाए (फोटो फिचर )

Read Next

सलमानको कारण रणवीर-कैटरिना ब्रेकअप