नयां बर्षमा 'ढकाल सुमधुर सांझ' हुने ।

[dropcap]सु[/dropcap]गम संगीतका चर्चित गायक रामकृष्ण ढकाल ले ढकाल सुमधुर सांझ  गर्ने भएका छन । मंगलबार राजधानीमा एक पत्रकार भेटघाटको आयोजना गरी सो जानकारी गराइएको हो । कार्यक्रम अगामी नयां बर्षको साझ अर्थात चैत्र ३० गते करिब ६ सय दर्शकका बीच होटल याक एण्ड यतिमा हुनेछ ।

ram1कार्यक्रमलाई गृष्मा इन्टरटेन्टमेन्टले ब्यवस्थापन गर्ने पत्रकार भेटघाटमा जानकारी गराइयो । उक्त शोमा ढकालले आफ्नो चर्चित दर्जनभन्द बढि गीत हरु गाउनेछन भने विभिन्न फिल्मका चर्चित गीतहरुसमेत प्रस्तुत गर्नेछन । शोमा अन्य चर्चित गायक गायिकाको प्रस्तुतिलाई पनि समेटीनेछ भने केहि प्रहशन हरु पनि रहने जनाइएको छ ।  यसअघि पनि दुई पटक एकल साझ प्रस्तुति दिइसकेका छन । २०४५ साल र २०५५ सालमा १० बर्षको अन्तरमा यस्तै ढकाल सुमधुर सांझमा प्रस्तुति दिएका ढकालले तेस्रो सुमधुर साझ भने १५ बर्ष पछि मात्रै दिने भएको हो । विभिन्न प्राविधिक कारण तथा व्यवस्थापनका कारण १० बर्षमा कार्यक्रम गर्न नसकिएको ढकालको भनाई छ ।ram2
त्यस्तै कार्यक्रमलाई भव्य बनाउनको लागी आयोजक गृष्मा इन्टरटेन्टमेन्टले पनि कुनै कसुर बाकि नराख्ने बताइएको छ । आयोजक प्रतिनिधिको अनुसार कार्यक्रमलाई उत्कृष्ट बनाउन दार्जिलिङबाट म्युजिसियनहरु झिकाइने र हालसम्म नेपालमा हुने यस्ता इन्डोर इभेन्टमध्येकै उत्कृष्ट बनाउने दाबी गरिएको छ ।

तस्वीर: मिडिया एन पी

Namaste Filmy

Read Previous

अरबी मुलुकमा हलिउड फिल्म 'नोह'माथी कडा प्रतिबन्ध ।

Read Next

Exclusive: रेखाले ‘हिम्मतवाली’को निर्देशन आफै गर्दै । निर्देशक श्याम भट्टराई चलचित्र बाट निकालिए !!