नाटकमै पहिलोपटक गिरिशको र्याप

Pwal-girish khatiwodaनाटकमा कथाले मागेअनुसारको मार्मिक गीतहरु बेलाबेलामा समावेश गर्ने गरेको हामीले देखे सुनेकै छौ । तर फरक शैलीको र्याप लाई नाटकमा समावेश गरिएको अहिलेसम्म देखे सनुेका छैनौ ।
त्यहि नदेखेको काम अर्थात नाटकमा र्याप गीत गाएर गिरिश खतिवडाले नेपाली संगीतमा नयाँ आयाम ल्याएका छन । नेपालमा र्याप भित्र्याउने गड फादर अफ नेपहप गिरिशले हालै नाटक र माइलो मा र्याम गाएका हुन ।
जिन अनोउइहद्धरा लिखित फ्रेन्च नाटक ‘एपिडोड इन द लाइफ एन अथर’ को नेपाली अनुवाद रमाइलोलाई सोमनाथ निर्देशन गरेका हुन । सो नाटकको ओएसटी ‘प्वाल’मा गिरिशले र्याप मिसाएका हुन । यसलाई नाटकको दुनियाँमा नै नयाँ प्रयोग मानिएको छ ।
गीतलाई संयोग गुरागाँई र बिबेक ओझाले लेखेका हुन भने रोशन थापा आधा सुरले संगीत दिएका हुन । गीतले अहिले बजारमा निकै चर्चा पाउन थालिसकेको छ ।
नाटक रमाइलो अहिले हरेक दिन मण्डला थियटरमा दिउसोँ साढे ४ बजेपछि मञ्चन हुदै आएको छ । नाटकमा दयाहाङ राई, सिर्जना सुब्बा, सिर्जना अधिकारी, पशुपति राई, संयोग गुरागाई लगायतको अभिनय रहेको छ ।

Namaste Filmy

Read Previous

बिवाह गरेको १ बर्ष नपुग्दै आमा बन्दै झरना

Read Next

दोस्रो 'बागमती लोक दोहोरि अवार्ड' घोषणा