
नवल नेपालको निर्देशन रहेको चलचित्र ‘भाग् सानी भाग्’ट्रेलर रिलिज गरिएको छ । बिशेष गरेर चलचित्रको स्क्रीप्टमा नै अब्बल मानिने तथा सधै राम्रा चलचित्र निर्देशन गरेका नवल नेपालले निर्देशन गरेका यस चलचित्रको सार्वजनिक ट्रेलर हेर्दा चलचित्र चल्ने अनुमान लगाउन सकिन्छ।
ग्रामिण परिवेशमा कमेडी बिषयमा आधारित निर्माण गरिएको चलचित्र ‘भाग् सानी भाग्’लाई संगीतकार चेतन सापकोटाले निर्माण गरेका हुन् ।चलचित्रमा केकीअधिकारी ,सविन श्रेष्ठ, निर शाह, लय संग्रौला, रमेश वुढाथोकी, गिता अधिकारी, रविन्द्र खड्का, विष्णु सापकोटाको लगायतको अभिनय रहेको छ ।यस चलचित्रलाई साथीभाई फिल्मस्का लागि बिष्णु चापागाँइको प्रस्तुतीमा सहदेव गौतम र विलोल पोख्रेलले निर्माण गरेका हुन् ।चलचित्र चैत्र ५ गते बाट प्रदर्शनमा आउदै छ ।

