अनमोल केसीको 'ड्रिम्स'को गीत सार्वजनिक हेर्नुहोश (भिडियो)

dreams songकेहि समय अघि सार्वजनिक चलचित्र“ड्रिम्स” को ट्रेलरले अहिले राम्रो चर्चा मात्रै पाएको छैन कि करिब १४ दिनमा ९ लाख बढिले हेरी सकेका छन् ।छोटो समय धेरैले ट्रेलर युटुबमा हेरेर भाइरल भै रहेको चलचित्र ‘ड्रिम्स’को गीत सार्वजनिक गरिएको छ ।चलचित्रको ‘म के भनु’बोलको सार्वजनिक गीतमा अनमोल केसी र साम्राज्ञी राज्य लक्ष्मी शाह फिचरिङ गरिएको छ । हरकुलिश बस्नेतको शब्द स्वर रहेको यस गीतमा सोमिया बरैलीको पनि स्वर सुन्न सकिन्छ । विशेष पाण्डेको संगीत रहेको यस गीतमा कविराज गहतराजको नृत्य रहेको छ ।चलचित्र ‘ड्रिम्स’आउँदो फागुन २१ बाट प्रदर्शनमा आउदै छ ।चलचित्रलाई अभिनेता भुवन केसीको निर्माण तथा निर्देशन गरेका हुन् ।भुवन केसीले डेब्यु निर्देशन गरेको यस चलचित्र ‘ड्रिम्स’ अहिले बहुप्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ । चलचित्रमा साम्राज्ञीराज्य लक्ष्मी शाह र सन्ध्या केसीले डेब्यु गर्दैछन् ।

Namaste Filmy

Read Previous

अभिनेत्री कल्पनाको निधन

Read Next

आर्यनको 'आवेग' हेनुहोस । ट्रेलर रिलिज