‘चलेछ बतास सुस्तरी’को 'मिठो मिठो'बोलको गीत सार्वजनिक ।भिडियो

माघ २९ गते  बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘चलेछ बतास सुस्तरी’को नया गीत सार्वजनिक गरिएको छ ।’मिठो मिठो’बोलको सार्वजनिक गीतलाई प्रदिप भारद्धाजको शब्दमा संगीतकार बिकाश चौधरीले डेविड शंकर र आकंश्य बस्यालको स्वरमा तयार परेका हुन् ।गीतमा रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ ।गीतमा चलचित्रका मुख्य नायक प्रमोद भारद्धाज र नायिका सुष्मा कार्कीलाई फिचरिंग गरिएको छ ।
chalecha batas sustariचलचित्रको ट्रेलरमा समाबेश डाइलगहरुले अहिले राम्रै चर्चा बटुलेको‘चलेछ बतास सुस्तरी’लाई स्क्रिप्ट राइटर प्रदिप भारद्धाजले निर्माण गरेका हुन् । चलचित्रको ”मा कसम हिरो बन्ने रहर त बच्चै देखि थियो …..” ”बतास त चलि सक्यो चल्न देउ …..” ”अब पनि तिमले मेरो फलो गरेउ भने हनुमान ढोकामा जाकिदिन्छु ….” ”जवानी त साला बाजै बजाएर आयो ….” बोलको संबादहरु अहिले निकै चर्चामा रहेका छन् ।चलचित्रलाई सबु सुबेदि र अनिला खड्काले फिल्म निर्देशन गरेका हुन ।फिल्मलाई क्रस फिंगर्स इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण गरिएको हो ।

Namaste Filmy

Read Previous

भुवन र अनमोललाई दिनेश डिसीले भन्नु नभन्नु भने । हेर्नुहोस भिडियो

Read Next

कालो धन्दामा सेलेब्रेटी ?