यस्तो छ 'जंगे' फस्टलुक पोस्टर

Junge2चलचित्र ‘जंगे’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बैशाख १ ७ रिलिज मिति तोकिएको फिल्मको निर्माण टीमले बुधबार एक प्रेस वक्तव्यसँगै पोस्टर रिलिज गरेको हो । पोस्टरमा फिल्मको मुख्य पात्र सुरजसिहं ठकुरीलाई हाइलाइट गरिएको छ । त्यस्तै अन्य कलाकारहरु ऋचा शर्मा, अनुप बराल, दिपशिखा शाही शुशांक मैनाली लगायत पनि पोस्टरमा अटाएका छन । Jungeफिल्मलाई उत्कल थापाले निर्देशन गरेका हुन । सुसन प्रजापतिको निर्माण रहेको फिल्म ऐतिहासिक घटनाहरुलाई पृष्ठभूमी बनाएर तयार पारिएको राजनितिक थ्रिलर (पोलिटिकल थ्रिलर) हो । फिल्मलाई साहस, दृढता र महत्वकांक्षाको कथा भनिएको छ ।
फिल्ममा सुरज, ऋचा, अनुप, दिपशिखा, शुशांक लगायत नरेश पौड्याल, जोयस पाण्डे, दृश्य कार्की लगायतको अभिनय रहेको छ । आईडियाज एण्ड ईमेजेज र अभाना प्रोडक्सनको ब्यानरमा निर्मित फिल्ममा निर्माता प्रजापतिकै कथा रहेको छ भने सुभाष कोइराला र एम एस अग्रजको पटकथा संवाद रहेको छ ।Junge1

Namaste Filmy

Read Previous

नारायणगढ पुगेर आर्यन र दिनेशले 'क्लासिक'बारे यसो भने

Read Next

दिनेश डिसीको ‘फूलै फूलको मौसम तिमीलाई’को ट्रेलर सार्वजनिक । भिडियो