अरबाज-मलाइका पनि अलग्गिदै

arbaazkhan-malaika-arorakhanबलिउडमा पछिल्लो समय सेलेब्रेटी ब्रेकअप ब्यापक नै भएको छ । अभिनेता फरहान अख्तर र उनकी सेलिब्रेटि हेयरस्टाइलिस्ट पत्नी अधुना अख्तरको डिभोर्स भएको चर्चा सेलाउन नपाउदै पुन अको एक जोडिको डिभोर्सको हल्ला चलेको छ ।
बताइएअनुसार अभिनेता अरबाज खान र अभिनेत्री मलाइका अरोरा अलग्गिन लागेका हुन । १७ बर्षअघि बिवाह गरेका यी जोडीको अहिले एक १४ बर्षीय छोरासमेत छ । उनीहरुबीच डिभोर्सको प्रक्रिया निकै अघि पुगिसकेको बताइन्छ । तर यसबारेमा बाहिर कुनै जानकारी नदिइएको बताइन्छ ।
सार्वजनिक खबरअनुसार मलाइकाले उनको बान्दास्थित घर छाडीसकेकी छिन । त्यहा अहिले अरबाज र उनीहरुको १४ बर्षीय छोरा अरहान मात्र रहेका छन । मलाइका खारस्थित एक अपार्टमेन्टमा बस्न थालेकी छिन ।
स्रोतका अनुसार मलाइका एक ब्रिटिश ब्यवसायीसँग रिलेशनमा छन । अरबाज र मलाइकाले एकसाथ टिभी शो पावर कपल होस्ट गरिरहेका थिए । तर अब उक्त शो पनि अरबाज एक्लैले होस्ट गर्ने बताइएको छ । उनीहरु सन २०११ मा पनि डिभोर्सको नजिक पुगेका थिए ।

Namaste Filmy

Read Previous

क्रिकेट क्याप्टेनबाट 'च्याम्पियन' ट्रेलर रिलिज । भिडियो

Read Next

सरोज र शिवको प्रस्तुतिमा दर्शक लठ्ठै । एउटै गीत तेहेर्याए शिवले