सरोज र शिवको प्रस्तुतिमा दर्शक लठ्ठै । एउटै गीत तेहेर्याए शिवले

Shiva and Saroj @Ratnanagar Mahotsabजब चर्चित अभिनेता सरोज खनाल अगाडि देखा परे, दर्शकहरुको भीड झनै उत्तेजित भयो । एकसाथ हुटिङ गरिरहेका दर्शकले सरोजलाई यति धेरै रुचाए कि सरोज आफ्नै लोकप्रियता देखेर दंग खाए ।
प्रसंग रत्ननगर महोत्सवको । शनिबार महोत्सवमा प्रस्तुति दिन पुगेका सरोजले दर्शकको यस्तो तातो साथ पाएका हुन । महोत्सवमा सरोजले समसमायिक बिषयकेन्द्रित नाटक प्रस्तुत गरे । दर्शकले उनको प्रस्तुतीलाई एकदमै रुचाए । उनले प्रस्तुति दिइरहेका बेला दर्शकको भीड ब्यवस्थापन गर्न स्वयमसेवकलाई हम्मेहम्मे नै भयो । Shiva and Saroj @Ratnanagar Mahotsab6यसरी तातिएको भीडमा जब गायक शिव परियारको इन्ट्रि भयो, बलेको आगोमा घ्यु थपेजस्तै माहोल देखियो । मिठो अभिवादन गर्दै स्टेज उक्लिएका शिवले सागितिक माहोललाई जमाउनु जमाए । क्या दामी भो, पिलायो साथीले, गालैको कोठि, रुपौली रानी, फेसबुकले शिवले पटक पटक गाए । करिब २ घण्टा स्टेजमा जमे शिव, उनले आफु मात्रै हैन सर्यौ दर्शकलाई स्टेजमै उफारे । सो अवधिमा शिवले झन्डै आफ्ना चर्चित दुई दर्जन गीत गाउन भ्याए । Shiva and Saroj @Ratnanagar Mahotsab2हालै सार्वजनिक गरिएको उनको गीत ‘छड्के तिम्रो नजरले’ त उनले तीनपटक सम्म गाए । उनी जति गाउथे दर्शकमा उर्जा थपिन्थ्यो उनीसँगै नाच्न गाउन मस्त हुन्थे । महोत्सव अवलोकनका लागि आएका अधिकांश दर्शक मञ्चतिरै भुले । शिवको जादुमयी स्वर र प्रस्तुतिले दर्शक यति उत्तेजित थिए कि उनीहरुलाई गर्मी र धुलाको प्रवाह थिएन ।Shiva and Saroj @Ratnanagar Mahotsab5शिवले दर्शकको यो उत्साहलाई नौलो अनुभव माने । चितवनका यतिका दर्शकको माया पाएकोमा निकै खुशी ब्यक्त गरे ।
महोत्सवमा शनिबार सरोज र शिवसँगै अन्य विभिन्न कलाकारले पनि आफ्नो प्रस्तुति दिए । माघ १४ गतेबाट सुरु भएको महोत्सव १० दिनसम्म चल्नेछ । सो अवधिमा कमल खत्री, तृष्णा गुरुङ, पशुपति शर्मा लगायत चर्चित कलाकारहरुले प्रस्तुति दिने कार्यक्रम छ ।Shiva and Saroj @Ratnanagar Mahotsab3

Namaste Filmy

Read Previous

अरबाज-मलाइका पनि अलग्गिदै

Read Next

आर्यनको 'आवेग'लाई सेन्सरको पिजी