चितवनमा स्कुलको पदाई रोकेर बिद्यार्थीलाई चलचित्र ‘झोला’ देखाईयो..

माघ,२६ चितवन
कृष्ण धरावासीको कृतिमा आधारित चलचित्र ‘झोला’ शुक्रबार बाट देशभरका हलहरुमा प्रर्दशन भईरहेको छ । करिब १०० बर्ष अघि नेपाली समाजमा व्यप्त सती प्रथालाई फिल्मले पर्दामा उतारेको छ ।सती प्रथा कायम रहंदा नारी ले भोग्नुपरेको पिडा अनि सन्तान ले गुमाएको आमाको माया र स्नेह लाई चित्रण गरिएको छ ।विशेष प्रदर्शनीमा फिल्म झोला ले राम्रो प्रतिक्रिया पाए पछि फिल्मलाई सार्वजनिक प्रर्दशनमा पनि दर्शकहरुले रुचाएका छन् ।pic 1
प्रदर्शनको पहिलो दिन फिल्म ले कुनैपनि शो हलमा हाउसफुल हुन सकेन तर दोस्रो दिन भने फिल्मले चितवन ,पोखरा लगायत अन्य सहरहरुमा दर्शक हरुको राम्रो साथ पाएको छ ।माउथ पब्लिसिटीले हलमा फिल्म हेर्ने दर्शक दिन दिननै बढ्दै छन् । चितवनको गणेश चलचित्र मन्दिरमा आईतबार डन एकोडोमी स्कुलका ८/९/१०/ कलासमा पद्ने बिद्यार्थी समेत चलचित्र झोला हेर्न लागिएको छ ।chitwan news 2
अधिकांश बिद्यार्थीले फिल्म राम्रो बनेको र राम्रो लागेको प्रतिक्रिया दिएका छन् ।बिदाको दिन न भए पनि सरहरुले स्कुलको पदाई नै रोकेर बिद्यार्थी चलचित्र ‘झोला’ देखौन लागेका थिए । चलचित्र हेरे पछि डन एकोडोमी स्कुलका सर् हरुले
समेत कृष्ण धरावासीको कृतिमा आधारित चलचित्र ‘झोला’ली आफु हरुको मन छोएको र पदनै मात्रै पाएको यस्तो कृति चलचित्रको पर्दा माफत हेर्दा आज मर्मिहिक लागेको भन्दै सबैले हेर्न समेत अनुरोध गर्नु भयो ।
रामगोपाल थापा, राज तिमिल्सिना र सुशील शाहको संयुक्त लगानी रहेको फिल्म झोला मा गरिमा पन्त, सुजल नेपाल, दीपक क्षेत्री, लक्ष्मी गिरी, देशभक्त खनाल, प्रल्हाद खतिवडा पनि लगाएत कलाकार हरुले अभिनय गरेका छन् । दीपक आलोकको पटकथा रहेको चलचित्रमा जेसन कुंवरको संगीत रहेको छ भने चलचित्रलाई दिपक बज्राचार्यले छायांकन हुन् । झोला यादव भट्टराईको निर्देशनमा बनेको चलचित्र हो।

Namaste Filmy

Read Previous

धरानमा गरियो झोलेको प्रिमियर । हलमा भने फाल्गुन ९ गतेबाट लाग्ने ।

Read Next

बन्दैछ अजयको सिंघम २ ।