Exclusive: रेखाले ‘हिम्मतवाली’को निर्देशन आफै गर्दै । निर्देशक श्याम भट्टराई चलचित्र बाट निकालिए !!

himm[dropcap][/dropcap]भिनेत्री तथा निर्मात्री रेखाले थापा आफ्नी चलचित्र ‘हिम्मतवाली’को निर्देशक पनि आफैले गरेकी छिन् । निर्देशक श्याम भट्टराईको स्वास्थ्य बिग्रिएपछि आफैंले ‘हिम्मतवाली’ को निर्देशन गरेको हल्ला आए पनि नमस्ते फिल्मीले विशेष स्रोत बाट ‘हिम्मतवाली’लाई रेखाले निर्देशन गर्नुको मुख्य कारण पत्ता लगाएको छ ।बिशेस स्रोत बाट आएको जानकारी अनुसार चलचित्र ‘हिम्मतवाली’को निर्देशन सुरु बाट नै श्याम भट्टराई नगरि रेखाले निर्देशन गरेको नाम न बताउने सर्तमा चलचित्रका एकजना प्राविधिकले नमस्ते फिल्मी लाई बताएका छन् ।निर्देशक श्याम भट्टराई त् फिल्मको निर्देशन एक दुइ दिन मात्रै गरेको र पछि रेखा सग कुरा नमिले पछि श्याम सुटिङस्थलबाट काठमाडौं फर्केको उने बताए ।उता निर्देशक श्याम भट्टराईले सामाजिक संजाल फेसबुकमा लेखेको उनको स्ट्याटसले पनि यो कुरा अझै प्रस्ट रुपमा प्रस्ट्याएको छ । ‘हिम्मतवाली को सेटवाट विरामी परेको मलाई रेखा थापा वैनी ले स्वास्थलाभको लागी विदा दिनु मात्र भएन मेरो ज़िम्मेवारी पनी वोकीदिनु भएछ उहालाई धन्यवाद। सँगै छविराज ओझा बा लाई हृदय देखी सलाम ,u are such a great maker.’

reha‘ यसरी निर्देशक श्याम भट्टराई फेसबुकमा स्वास्थ्यलाभको लागी विदा दिनु मात्र भएन मेरो ज़िम्मेवारी पनी वोकीदिनु भएछ भन्दै रेखाका पूर्व पति संग टांसिन पुग्नुको पछाडि केहि न केहि रहस्य रहेको बुझ्न सकिन्छ । श्यामले रेखाको फिल्म निर्देशन गरेर छबिराज ओझा टाढिनु पुगेकोले छविलाई हृदय देखी सलाम गरेर u are such a great maker. समेत भनेका छन् । निर्देशक श्याम भट्टराई फेसबुक स्ट्याटस र बिशेस स्रोत बाट नमस्ते फिल्मीले पाएको जानकारी अनुसार अभिनेत्री तथा निर्मात्री रेखा थापा र निर्देशक श्याम भट्टराई बिच ठुलो मनमुटाबले गर्दा नै चलचित्र बाट श्याम भट्टराई निकालेर रेखाले ‘हिम्मतवाली’ आफैले निर्देशन गरेकी बुझिएको छ ।himmatwaliयता निर्देशक श्याम भट्टराईको स्वास्थ्य बिग्रिए चलचित्र निर्देशन गर्ने नसकेको हल्ला बुझ्न उनलाई सम्पर्क गर्न खोज्दा निर्देशक भट्टराईको मोबाइल स्विच अफ गरिएकाले सम्पर्क हुन सकेन । तर फेसबुक मार्फत सम्पर्क गर्दा उनले तेस्तो मनमुटाब नभएको त्यो हल्ला गलत भएको र आफु बिरामी परेर आएको स्पष्ट पारेका छन्।

Namaste Filmy

Read Previous

नयां बर्षमा 'ढकाल सुमधुर सांझ' हुने ।

Read Next

अमेरिकामा रहेका गौरी मल्ल र रमेश उप्रेती सधैका लागी नेपाल फर्कदै।