"रिमेश अधिकारीले इतिहास रच्दै"

desh le magdainबिगत लामो समय देखि निरन्तर नेपाली सिनेमा निर्माणमा सकृय रिमेश अधिकारीले निर्माण गरेको लघु चलचित्र ” देशले माग्दैन दिनु पर्छ ” को नारायणघाटको सिम्याक्स हलमा विशेष सो सम्पन्न भएको छ। चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक बसन्त कुवरको प्रमुख अथिती रहेको सो चलचित्र हेर्न विभिन्न संघ सस्था, समाजसेबी, स्कुल कलेजका प्रिन्सिफल ,उधोगी ,विभिन्न लायन ,लियो क्लब प्रमुख ,पत्रकार लगायत को बाक्लो उपस्थिती रहेको थियो ।
rimesh n spदेश भक्ती तथा नेपालको इतिहास लाई चलचित्रको माध्यम बाट देखाउने प्रयासमा रिमेश अधिकारी तथा शिवम अधिकारी सफल भएका छन । बिगत 2 महिना देखि रात दिन लगाएर रिमेश शिवम र सुबोद श्रेष्ठले तयार गरेको यो लघु चलचित्र हेरेर सबै बाट स्याबासी पाएका छन । नेपाल के थियो कस्तो थियो हाम्रा वीर पुर्खाले देशको लागि के के योगदान दिएका थिए र आजको अबस्था के छ सम्मलाइ यो चलचित्रले देखाएको छ। चलचित्र हेर्न आएका धेरै यस चलचित्रले मन छोएको भन्दै आफ्नो संघ सस्था तथा स्कुल कलेजकामा यसलाई प्रदर्शन गर्न समेत आग्रह गरेका छन् ।
cmaxयस लघु चलचित्रले इतिहास रच्न सक्ने भन्दै पत्रकार हिमाल सागर अधिकारीले आफ्नो नजिकको संघ सस्था तथा स्कुल कलेजकामा यसको प्रदर्शन गर्न सहयोग समेत गर्ने बताउनु भयो । ” देशले माग्दैन दिनु पर्छ ” लघु चलचित्र हेरे पछि हरेक नेपालीले एक पटक हेर्ने पर्ने भन्दै चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक बसन्त कुवरले एक पटक जिल्लाका सबै प्रहरीलाई समेत चलचित्र हेर्ने व्यवस्था मिलाउन समेत निर्माण युनिट सग आग्रह गर्नु भयो । नायक गणेश गिरीको बिशेष पहलमा निर्माण भएको यस लघु चलचित्र ” देशले माग्दैन दिनु पर्छ “देश तथा विदेशमा समेत च्यरिती गरिने निर्माता रिमेश अधिकारीले जानकारी दिनु भयो ।

Namaste Filmy

Read Previous

सुनिल रावलको सायद २ मा यी नयाँ कलाकारहरु

Read Next

केकी र सविनलाई 'यो के भाको'हेर्नुहोश भिडियो