
फिल्म ‘को आफ्नो’ को चरित्र र लुक्सलाई लिएर नायिका ऋचा शर्मा अहिले निकै चर्चामा छिन । फिल्ममा उनी निकै उमेर गइसकेकी, अनुहारमा दादुराले भरिएकी, दाँत नमिलेकी कुरुप देखिन्छिन । तर ऋचा वास्तवमा त्यसको ठिक विपरित छिन भन्ने कुरा हालै गरिएको फोटोसुटबाट प्रस्ट हुन्छ ।

खासमा फिल्मकै प्रमोशनको सिलसिलामा एक म्यागजिनका लागि यस्तो हट फोटोशुट गराएकी हुन । टिएनएम म्यागजिनको कभर फोटोमा उनी यस्तो खुलेकी हुन । तस्वीरमा उनको भित्री अंगहरु प्रस्ट देखिन्छ, जसलाई ग्लामरस भन्ने गरिन्छ । उनको यस्तो हट फोटोशुटलाई हलिउड स्टारसँग पनि तुलना गरिएको छ । हलिउडमा प्रचालित यस्तो पब्लिसिटी आइडिया उनले अपनाएकी हुन । उनको फिल्म को आफ्नो यहि फाल्गुनमा रिलिज हुदैछ । फिल्म अनिल थापाको निर्देशनमा बनेको हो ।
