
बलिउड लोकप्रिय अभिनेता शक्ति कपुर काठमण्डौ आएका छन । शुक्रबार बेलुका अबेर उनि नेपाल एयरलाइन्सबाट काठमण्डौ उत्रिएका हुन । उनको भ्रमण निजी मानिएका छ ।
गोप्य रुपमा नेपाल आएका उनको नेपाल भ्रमणबाट कुनै जानकारी दिइएको छैन । नेपाली अभिनेता तथा क्याप्टेन बिजय लामाले उनीसँगको तस्वीर फेसबुकमा शेयर गर्दै उनी नेपाल आएका जानकारी दिएका हुन । उनको बसाई कति दिनको हो भन्ने खुलेको छैन ।
बलिउडमा लामो समय बिताएका शक्तिले कयौ हिट फिल्म छन ।

