काँग्रेसको क्षेत्रीय सभापतिमा रोज राणा बिजयी

roj rana_winningचलचित्र निर्माता तथा अभिनेता रोज राणाको राजनितिक पृष्ठभुमि निकै बलियो छ । उनी काँग्रेसी राजनितिमा निकै सक्रिय छन । हाल चलिरहेको क्षेत्रीय अधिवेशनमा उनी प्युठानबाट बिजयी भएका छन । प्युठान जिल्लाको क्षेत्र नं. २ को सभापतिमा उनले जीत हासिल गरेका हुन ।
१५१ मत हासिल गर्दे उनले प्रतिद्धन्दि ध्रुव गौतमलाई पराजित गरेका हुन । उनको यो जितमा अधिकांश फिल्मकर्मीले बधाई दिइरहेका छन । उनलाई अहिले आफन्तजन तथा फिल्मकर्मीबाट बधाईको ओइरो नै लागेको छ ।
उनले आफ्नो जीतमा सम्पुर्ण क्षेत्रिय प्रतिनिधी,पाटीका नेता तथा कार्यकर्ता शुभचिन्तकहरुलाई धन्यवाद समेत दिएका छन । रोज खलनायक, डन, दादागिरी, टक्कर दुई मुटुको लगायत फिल्मबाट सफल निर्माताको रुपमा चिनिन्छन । पछिल्लो फिल्महरुमा उनी हिरोको रुपमा पनि छाएका थिए । अहिले परशुराम नामक फिल्मबाट एक्सन स्टार बिराज भट्टलाई कमब्याक गराउने तयारीमा उनी छन ।

Namaste Filmy

Read Previous

सरोजाको 'किन पोल्छ' बाट बिकेशको डेब्यु । भिडियो

Read Next

चितवनमा ‘प्रेम गीत’