यूरोपमा छायांकन गरिएको चलचित्र ‘नमस्ते नेपाल’ साउनमा प्रदर्शन हुने

राजु शाहको निर्देशनमा तयार भएको चलचित्र ‘नमस्ते नेपाल’को ट्रेलर र गीत सार्वजनिक गरिएको छ ।राजधानीमा मंगलबार एक कार्यक्रमका बिच पत्रकार भेटघाट गरेर आयोजना गरेर चलचित्रको ट्रेलर र गीत सार्वजनिक गरिएको हो ।“नमस्ते नेपाल”को छायाकंन यूरोपका फ्रान्स , बेल्जियम , जर्मनी सहित विभिन्न देशमा गरिएको थियो ।
namaste nepalद्वारिका उदय प्रोडक्सन प्रा.लिको प्रस्तुतीमा चलचित्रलाई प्रदिप कुमार उदय, मन्दिरा श्रेष्ठ र श्रीजु शाहको लगानीमा निर्माण गरिएको हो ।‘विदशेमा छायाँकन भएपनि हामीले हाम्रो देशको माउन्ट एभ्रेष्ट, बुद्ध, ढाका टोपी जस्ता राष्ट्रिय शानलाई फिल्ममा समावेश गरेका छौं’ मंगलबार आयोजित प्रेसमिटमा निर्देशक शाहले भने ।चलचित्रको प्रदर्शन यूरोपबाट सुरु गरिने र नेपालमा साउनमा मात्र प्रदर्शन गरिने निर्माता प्रदिप उदयले जानकारी दिए ।निर्देशक शाह र गोपाल ढकाल ‘छन्दे’ को पटकथा एंव संवाद रहेको फिल्ममा बसन्त सापकोटा, ओम सुनार र रियाज सिवाकोटीको संगीत रहेको छ । फिल्मलाई दिव्यराज सुवेदीले खिचेका हुन् । चलचित्रमा सविन श्रेष्ठ, आना(बेल्जियम), श्याम श्रेष्ठ(बेल्जियम), गोपाल ढकाल, अडि(बेल्जियम), जर्ज(बेल्जियम),सनम कुमार वैरागी, कमला दाहाल, नरेन्द्र थापा, पार्वती अधिकारीको लगायतको मुख्य भूमिका रहेको छ ।

Namaste Filmy

Read Previous

सुपरहिट चलचित्र ‘कबड्डी कबड्डी’का निर्देशक रामबाबु गुरुङले ‘पुरानो डुङ्गा’बनाउने

Read Next

प्रेम गीतको भब्य प्रिमियर,प्रिमियरमा तारिफ नै तारिफ