अमेरिकामा रहेका गौरी मल्ल र रमेश उप्रेती सधैका लागी नेपाल फर्कदै।

[dropcap]ला[/dropcap]मो समय देखि अमेरिका मा बसोबास गदै आइरहेका नेपाली हिरो हिरोइनहरुलाई नेपाल प्यारो हुन थालेको छ । केहि बर्ष पहिले नायिका करिश्मा मानन्धरले अमेरिका छाडेर नेपाल फर्किएकी थिइन भने अब त्यस्तै नाम चलेका केहि कलाकार नेपाल फर्कदै छन । कुनै जामानाको हिट हिरोइन गौरी मल्ल र ह्यान्डसम हिरो रमेश उप्रेती नेपाल आउन लागेका हुन । गौरी बुधबार नेपाल आउने भएकि छिन भने रमेश शुक्रबार नेपाल आइपुग्ने बुझिएको छ ।ramesh and gauyriगौरी मल्लकी आमा सिकिस्त बिरामी परेकोले उनी नेपाल फर्किन लागेकि हुन । अब उनी नेपालमा नै बस्ने बताइएको छ । लगभग ४ बर्ष अमेरिकामा बसेकि गौरी बुधबार नेपाल आउने भएपछि उनको बिदाइको लागी युनाइटेड नेपलीज आर्टिस्ट एसोसियसनले सोमबार न्युयोर्कमा एक बिदाई कार्यक्रमको आयोजनासमेत गरेको थियो । बिदाई समारोहमा बोल्दै गौरीले नेपालमा आमा अत्यन्त सिकिस्त बिरामी रहेको र आमा बिना आफुलाई संसारको कुनै पनि सुख अर्थहिन हुने बताउदै सधैका लागी नेपाल फर्किन लागेको बताइन । gauriयता जमानाका सुपरहिट हिरो रमेश उप्रती पनि अमेरिका बसाई लाई टुङग्याएर नेपाल फर्किन लागेको बुझिएको छ । केहि बर्ष अगाडि करिष्मालाई नेपाल आफैले फर्काएको बताउदै रमेशले आफु पनि नेपाल आउन लागेको बताएका हुन । गौरी मल्लसंगै रमेश उप्रेतीलाई पनि अमेरिकाबाट बिदाई गरिएको छ । कार्यक्रममा बोल्दै रमेशले जो मान्छे जहा उपयुक्त हुन्छ त्यहि बस्नुपर्छ र अहिले नेपाली फिल्म उद्योगमा आफुहरुको खांचो रहेको बताएका थिए । उनी नेपाल फर्किएपछि करिष्मा निवास गोदावरी मा होली बिशेष जमघटमा मिडियासमामु पहिलोपटक प्रस्तुत हुनेछन ।

स्रोतका अनुसार संगै नेपाल फर्किन लागेका रमेश र गौरी एक नेपाली फिल्म मा साथ देखिन सक्ने बुझिएको छ । स्मरण रहोस केहि बर्ष अघि करिश्मालाई निर्देशनमा डेब्यु गराएर रमेशले फिल्म निर्माण गर्ने भन्ने हल्ला पनि सुनिएको थियो । अब रमेश नेपाल फर्किसकेपछि उक्त योजनाको बारेमा पनि सोच्न सक्ने रमेश निकट स्रोतको भनाई छ ।

Namaste Filmy

Read Previous

Exclusive: रेखाले ‘हिम्मतवाली’को निर्देशन आफै गर्दै । निर्देशक श्याम भट्टराई चलचित्र बाट निकालिए !!

Read Next

'लोफर' हिरोइन रजनी के सी गहिरो प्रेममा । (गसिप)