‘बाहुबली 2’मा प्रभाषको तौल १५० किलो

बलिउडमै धमाका मच्चाउन सफल बाहुबलीको सीक्वल ‘बाहुबली 2’को लागि चलचित्रका नायक प्रभाषले आफ्नो तौल १५० किलो बनाउने भएका छन् । बाहुबली सुपर हिट भए पछि यसको सीक्वल दर्शकको लागि ब्यग्र प्रतिक्षा भइरहेको छ । ‘बाहुबली 2’को लागि चाहिने तौल १५०को लागि प्रभाष आफ्नो तौल १३० किलो बनाई सकेका छन् ।
prabhash1-580x395अरु २० किलो तौल बढ़ाउनको  लागि प्रभाषले दिनमा ५० अण्डा,आधा किलो चिकेन, ब्राउन राइस, सलाद र फलफुल खाने गरेका छन् ।उनि दिनमा पांच घण्टा जिम जन्छन् ।बाहुबलीमा प्रभाष ९५ किलोका थिए ।एम एस राजामौलीकै निर्देशनमा बनिरहेको बाहुबली २मा बाहुबलीकै टीम दोहोरिएका छन । फिल्मका निर्देशक एसएस राजामौलीले अब बाहुबलीको तेस्रो संस्करण बाहुबली ३ समेत बनाउने योजना बनाएका छन । दासो संस्करण निर्माण सम्पन्न नहुदै तेस्रोको कथामा निर्देशकले काम थालिसकेका छन ।प्रभास, राणा दग्गुवति, अनुष्का शेट्टि र तमन्न भाटिया मुख्य कलाकार हुन । चलचित्रको अन्तिममा बाहुबली २ यहि बर्षको डिसेम्बरमा रिलिज गरिनेगर्ने भनिए पनि अब चलचित्र २०१७ मा रिलिज हुनेछ ।

Namaste Filmy

Read Previous

प्रेम गीतको भब्य प्रिमियर,प्रिमियरमा तारिफ नै तारिफ

Read Next

'मिस तामाङ २०१६'को उपाधि उर्मिलालाई