इदमा शाहरुख-सलमान भिडन्त

salman-shahrukh khanयसबर्षको इदमा बलिउडका दुई बिगस्टार शाहरुख खान र सलमान खानबीच भिडन्त हुने देखिएका छन । उनीहरु अभिनीत दुई छुट्टाछुट्टै फिल्म इदमा रिलिज हुने दाबी गरिएको छ ।
सलमान खानको प्रतिक्षित ‘सुल्तान’ र शाहरुखको प्रतिक्षित ‘रइस’ इदमा रिलिज हुने बताइएको छ । सलमानको फिल्मसँग ‘रइस’ रिलिज नगरिने चर्चा चले तापनि फिल्मका निर्माता रितेश शिधवानीले यसबारे प्रस्ट्याएका हुन । उनले फिल्म इदमा नै रिलिज हुने बताए ।
उनले यो भिडन्तले ब्यापारमा असर नपर्ने दाबी गरे । सलमान र शाहरुखको दुवैको फरक दर्शक भएकाले ब्यापारमा असर नपर्ने बताएका हुन । शाहरुखकको पछिल्लो फिल्म दिलवाले अर्का स्टार रणवीर सिंंहको फिल्म बाजीराव मस्तानीसँग भिडेको थियो । जसले गर्दा ब्यापारमा समेत नकरात्मक असर परेको थियो ।
रइसको अहिले गुजरातमा सुटिङ चलिरहेको बताइएको छ ।

Namaste Filmy

Read Previous

नेपालमा पहिलोपटक बन्यो गे म्युजिक भिडियो । भिडियोसहित

Read Next

'चपली हाईट'को सिक्वेल निर्माण हुने