'चपली हाईट'को सिक्वेल निर्माण हुने

chalapi hightचलचित्र ‘चपली हाईट’ को सिक्वेल निर्माण हुने भएको छ ।सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको छ । ‘चपली हाईट’ २’मा निर्माण युनिट पुरानै रहे पनि कलाकार भने नया रहने छन् । दिपेन्द्र के खनालको निर्देशन रहने ‘चपली हाईट’ २ को निर्माता अर्जुनकुमार हुन् ।चलचित्र ‘चपली हाईट’ तीन बर्ष पहिले प्रदर्शन आएको थियो।
chapaliचलचित्रमा आयुष्मान देशराज श्रेष्ठ, मरिस्का पोखरेल र परमिता राज्यलक्ष्मी रानाको मुख्य अभिनय रहने छ । चपली हाईटमा सेक्सुअल कथालाई जोडेर निर्माण गरेका आलोचना सगै राम्रै पैसा कमाउन सफल ‘चपली हाईट’ ले सिक्वेललाई रोमान्टिक थ्रिलरमा शहरिया नेपाली परिवेशको यथार्थतालाई पर्दामा उतार्ने बताएका छन् ।चलचित्रमा अर्जुन कुमारको संगीत ,निरज कंडेल,दिपेन्द्र के खनालको कथा तथा सान बस्न्यालको पटकथा रहने छ । जेठमा रिलिज गर्ने तयारीको साथ चलचित्र एक महिनाको भित्रै सुटिंग सुरु गरिने छ ।
chapali hight2

Namaste Filmy

Read Previous

इदमा शाहरुख-सलमान भिडन्त

Read Next

किन लुकाइन र किन लुकिन प्रियंका ?