
बहुप्रतिक्षित फिल्म ‘ड्रिम्स’को नयाँ गीत रिलिज गरिएको छ । तिमी नहुदाँ बोलको गीतलाई मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो । कार्यक्रममा गतिको अडियो तथा भिडियो सार्वजनिक गरिएको थियो ।
गीतमा अनमोल केसी र सम्राज्ञी राज्य लक्ष्मी शाह फिचरिङ छन । दुवैको लुक्स र प्रस्तुति निकै लोभलाग्दो देखिन्छ । गीतको मेकिङ र लोकेशन पनि तारिफ गर्न लायक छ ।
‘ड्रिम्स’ फाल्गुन २१ मा रिलिजको तयारीमा छ । अभिनेता भुवन केसी निर्देशित फिल्मलाई भुवन स्वयमले निर्माण गरेका हुन । अनमोलको लोकप्रियता र भुवनको मेकिङ शैलीका कारण फिल्म अहिले दर्शकको प्रतिक्षामा छ । फिल्ममा अनमोल र सम्राज्ञी सँगै सन्ध्या केसीको पनि मुख्य भुमिका छ ।

