संचारकर्मी सुरज पौडेलको भिडियोमा हट अभिनेत्री सुष्मा कार्की।भिडियो

संचारकर्मी सुरज पौडेल को नया गीतको भिडियोलाई दर्शकले मन पराएका छन् ।केहि समय अघि सार्वजनिक ‘गोलीले लागेझै’बोलको गीतलाई युटुब हेर्ने दर्शकले मन पराएका छन् । यस टेलिभिजनमा कार्यरत सुरज स्वयम्ले यो गीतको शब्द लेखेका हुन् ।उनको ‘मनको खुशी’ एल्बममा यस गीत समावेश गरिएको छ ।
sushma karkiभिषण राईको संगीत रहेको गीतको भिडियोमा हट अभिनेत्री सुष्मा कार्कीले अभिनय गरेकी छिन् । उनलाई मोडल केवल भुजेलले साथ दिएका छन् । शंकरअधिकारी घायलको निर्देशन, प्रदिप ज्ञवालीको कोरियोग्राफीमा रामेश्वर हुमागाईंले खिचेको भिडियोमा सुष्मा र केवलको लभ क्यामेस्ट्री देख्न सकिन्छ । युवराज खत्रीको सम्पादन रहेको गीतमा सुष्मालाई केवलले अनेक तरिकाबाट फकाउन खोजिरहेका छन् ।

Namaste Filmy

Read Previous

अनमोल केसीको 'ड्रिम्स'को नयाँ गीत रिलिज । भिडियो

Read Next

शाहरुख खानको चलचित्र 'फैन'को गीत रिलिज ।भिडियो