
चलचित्र ‘लुट’ निर्देशन गरेर रातारात चर्चामा आएका निर्देशक निश्चल बस्नेतले बिहे गरेका छन् । पहिलो चलचित्र नै सफल भए पछि चर्चामा रहेका निश्चलले मोडल तथा ‘होस्टेल रिटन्र्स’ मा अभिनय गरेकी स्वस्तिमा खड्कालाई बेहुली बनाएका हुन् ।
आज बुधबार निश्चल र स्वस्तिमा हिन्दू परम्परा अनुसार बिवाह गरिएको हो ।राजधानीको तिनकुनेस्थित एक पार्टी प्यालेसमा सम्पन्न बिहेमा चलचित्र क्षेत्रका सिमित मान्छेलाई मात्रै बोलाहिएको थियो ।
उनको बैबाहिक कार्यक्रममा निर्माता माधव वाग्ले, सुनिल रावल, अर्जुनकुमार, निर्देशक दिपेन्द्र के खनाल, प्रोडक्शन कन्ट्रोलर बुद्दिलाल मगर लगायत मात्र देखिएका थिए ।३४ वर्षिय निश्चलले २० वषकी स्वस्तिमासँग पारिवारिक सहमतीमा बिवाह भएको हो । निश्चलले अहिलेसम्म २ वटा चलचित्रको निर्देशन गरेका छन् । उनले चलचित्र कबड्डी ,कबड्डी अभिनय समेत गरेका छन् ।

