‘वीर बिक्रम’’को फस्टलुक्स सार्वजनिक, दयाहाङ राई नया लुक्समा

bir bikram posterमिलन चाम्सले निर्देशन गरेका चलचित्र ‘वीर बिक्रम’फस्टलुक्स’ र क्यारेक्टर पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारलाई नै समाबेश गरिएको छ । यस अघि एक्शन चलचित्र ‘हँसिया’ निर्देशक गरेर चर्चामा आएका मिलन चाम्सले यस पटक लभ, एक्सन र कमेडी जनराको चलचित्र ‘वीर बिक्रम’ बनाएका छन् ।
daya bir bkrmचलचित्रमा दयाहाङ राई, अर्पण थापा, अनुप विक्रम शाही, बसन्त भट्ट ,दिया पुन, नाजिर हुसेन र शिशिर राणाको साथमा नयाँ प्रस्तुतीको रुपमा दीया पुन र विवेक लिम्बुको अभिनय रहेको छ ।चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यस चलचित्रमा यम थापाको पटकथा, रामकुमार केसीको छायांकन, ताराप्रकाश लिम्बुको संगीत, सम्राट बस्नेतको एक्सन, रेनशा राइको नृत्य निर्देशन रहनेछ ।अनिला राई, पृथ्वीराज राई, शिव प्रसाद राई र वेनिसरा राई यसका लाइन प्रोड्यूसर हुन् ।
anoop bikram sahiमार्च २८ तारिखमा चलचित्रको भव्य प्रिमियर हङकङमा गरिन लागेको निर्देशक तथा निर्माता मिलन चाम्सले बताए । यस्तै, अप्रिल २ तारिखमा चलचित्रको भव्य शो वेलायतमा गरिनेछ ।नेपालमा भने यस चलचित्रलाई वि.सं २०७३ मा मात्रै प्रदर्शनमा आउने छ ।
anup-and-diya-in-bir-bikram

Namaste Filmy

Read Previous

‘लुट’ निर्देशक निश्चलले गरे मोडल स्वस्तिमा सग बिहे

Read Next

बाबु बोगटीले किन नम्रता श्रेष्ठको यति धेरै प्रशंसा गरे हेर्नुहोश ।भिडियो