'रामप्यारी'मा रेखाको एक्शन अवतार,फस्टलूक पोस्टर सार्वजनिक

रेखा थापा(1)नायिका रेखा थापाको नया चलचित्र ‘रामप्यारी’को फस्टलूक पोस्टर सार्वजनिक गरिएको छ ।बहुप्रतिक्षित चलचित्र ‘रामप्यारी’ ‘राम’ चरित्रको ‘क्यारेक्टर’ पोस्टर सार्वजनिक गरिएको हो।रेखाले ‘राम’ लेखिएको गेरू वस्त्र र रूद्राक्षको माला लगाएकी छन् भने हातमा पनि रूद्राक्षकै माला बोकेकी छन्।सार्वजनिक पोस्टर हेर्दा चलचित्रमा दोहोरो भूमिका रहेकी रेखाको एउटा भूमिका एक्शन हुन सक्ने अनुमान लगाउन सकिन्छ।पहिलो पोस्टरमा सार्वजनिक हुदा पोस्टरमा रेखा मात्रै देखिएकी छिन् ।नारिप्रधान चलचित्र रामप्यारी एउटा टेम्पोचालक महिलाको कथामा आधारीत चलचित्र हो ।चलचित्रलाई नया बर्षको अवसर परेर चैत्र २६ गतेबाट देशभरका सिनेमा घरमा प्रदर्शनमा आउदै छ ।चलचित्रमा सविन श्रेष्ठ, आभाष अधिकारी, आश्मा डीसी पनि मुख्य भूमिकामा रहेका छन् । चलचित्र लाइ सबिर श्रेष्ठले निर्देशन गरेका हुन् ।

Namaste Filmy

Read Previous

बाबु बोगटीले किन नम्रता श्रेष्ठको यति धेरै प्रशंसा गरे हेर्नुहोश ।भिडियो

Read Next

करिश्मा मानन्धरको ‘फागु’आज बाट देशभर प्रदर्शनमा