नायिका रागीनी खड्कीको “ब्रम्हा” फागुण ३० गते देखि

राजेन्द्र कार्की , हेटौडा
डन, खलनायक,टक्कर दुइ मुटूको ,  मेरो राजेश दाई , लक लगायत दर्जन भन्दा बढी चलचित्र निर्देशन गरिसक्नु भएका ऋषि न्यौपानेको चलचित्र “ब्रम्हा” यहि फागुण ३० गतेबाट अल नेपाल रिलिज हुने भएको छ ।
10008431_453454324784611_416992292_n
भुपेन बस्न्यात र सि.जे. पाण्डेको लगानी रहेको चलचित्रको छायाँकन हेटौंडा, नारागणगढ, काठमाण्डौं, पोखरा लगायतका स्थानहरुमा गरिएको र कुल लगानी ४० लाख रहेको निर्माता बस्न्यातले बताएका छन् । पुर्णरुपमा मनोरञ्जनात्मक रहेको चलचित्रको द्धन्द्ध निर्देशन सम्राट बस्नेतले गर्नु भएको छ । चलचित्रका मुख्य कलाकारहरुमा रागीनी खड्गी, एनी कुँवर, निर्मल सेन्चुरी रहेका छन भने बिक्रम क्षेत्रीले नायकको रुपमा डेब्यू गरेका छन् ।
1891038_782918611736532_1016741486_n
सुमधुर संगितले सिंगारिएको चलचित्रमा चेतन सापकोटा, बसन्त सापकोटा र अमित श्रेष्ठले संगीत दिनु भएको छ । भने स्वरुपराज आर्चाय, माण्डवी त्रीपाठी, दिपक लिम्बु, , रेजिना रिमाल लगायतकाको स्वरआकंन गरिएको छ । खासगरी पारिवारीक कथा वस्तु र सामान्य प्रेम कथा रहेको चलचित्रमा द्धन्द्ध प्रधानका साथै सांगितिक संयोजन समेत रहेको चलचित्र आकर्षक रहनुका साथै दर्शकको मन जित्न सक्नेमा नायिका रागीनी खड्गी आशाबादी रहनु भएको छ । बग्गु थापाको नृत्य निर्देशन रहेको चलचित्रको छायाकार पवन गौतम रहेका छन् ।

Namaste Filmy

Read Previous

'लोफर' हिरोइन रजनी के सी गहिरो प्रेममा । (गसिप)

Read Next

'गोर्खा पल्टन'पछि 'प्रवास'तिर नारायण रायमाझी ।