‘गाउँ घरकी पार्वती कसरि भैन पारो हेर्नुहोश ।भिडियो

प्रदर्शनको तयारीमा रहेको चलचित्र राहदानीको आईटम गीत सार्वजनिक भएको छ ।सार्वजनिक ‘गाउँ घरकी पार्वती म भएँ पारो, शहरीया ठिटालाई हुन्छ गाह्रो…’को बोलको गीतलाई दुर्गा खरेलले गायिक हुन् । चेतन सापकोटाको संगीत र डब्बु क्षत्री शब्द रहेको यस गीतलाई राजु शाहको नृत्य निर्देशन तयार पारिएको हो ।गीतमा रिमा विश्वकर्माले नृत्य गरेकी छिन् । गाउँबाट शहर पसेर आधुनिक बनेकी एक युवतीको परिवर्तित जीवन शैलीलाई गीतमा प्रस्तुत गरिएको छ ।
rahadaniचलचित्रलाई संचारकर्मी डब्बु क्षत्रीले निर्देशन गर्नु भएको हो ।चलचित्रमा बैदेशिक रोजगारमा जाने नेपालीले भोग्ने पिडा देखाउना खोजिएको छ । फिल्ममा दयाहाङ राई, रुपा खनाल, अशोक रिजाल, नविन लम्साल, मोनिका दाहाल, सृजना सुब्बा लगायतको अभिनय रहेको छ । लक्ष्मी प्रसाद ढकालको प्रस्तुतिमा रियाना पात्रबँश, रम्भा पाण्डे, कृष्णचन्द झा, शुष्मा ढकाल, नैनु शमशेर जबरा र अभिषेकमान सिंहले मिलेर यस चलचित्रले निर्माण गरेका हुन् । चलचित्र राहदानी आगामी १२ चैतबाट प्रदर्शनमा आउदै छ ।
https://www.youtube.com/watch?v=6AZAIJ8xEFg

Namaste Filmy

Read Previous

अर्चना पनेरु भन्छिन नाङ्गिनु उनको कला हो ( हेर्नुहोश भिडियो सहित )

Read Next

आकाशको ‘के म तिम्रो होइन र’ बैशाख ३१मा प्रदर्शनमा आउने