
नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराईले अभिनेत्री करिश्मा मानन्धरले निर्माण गर्नु भएको चलचित्र ‘फागु’हेर्नु पुगेका थिए ।आइतबार राजधानीको दरबारमार्गस्थित क्युज सिनेमा हलमा फिल्म ‘फागु’ को विशेष शो राखिएको थियो ।विशेष सोमा नयाँ शक्तिका संयोजक भट्टराई पत्नी हिसिला यमी सहित उपस्थित भए पनि कार्य व्यस्तताका कारण पुरा फिल्म भने हेर्न पाएनन् ।
Photo Courtesy Surya Entertainment
फिल्म सुरु भएको केही मिनेट पछि उनी हलबाट बाहिरिएका थिए । नयाँ शक्तिकी सदस्य समेत रहेकी करिश्माले बाबुराम सहित आफ्नो सर्कलका फिल्मकर्मीलाई पनि ‘फागु’ हेर्न निमन्त्रणा दिएकी थिइन् ।चलचित्रको विशेष शोमा थुप्रै चलचित्रकर्मी ,पत्रकार र अन्य बिशिस्ट व्यक्तिको समेत उपस्थिति रहेको थियो ।गत शुक्रबार बाट प्रदर्शनमा आएको चलचित्र सन्तोषजनक व्यापार गरेको छ । चलचित्रलाई सम्झना उप्रेती रौनियारले निर्देशन गरेकी हुन् । चलचित्रमा गौरी मल्ल, बसन्त भट्ट, राजेश हमाल, शिल्पा पोख्रेलको साथमा नव-कलाकार सुवास पराजुलीको मुख्य भूमिका रहेको छ ।तराई मधेशको एक परिवारको कथा समेटिएको भनिएको यो फिल्ममा करिश्मा मानन्धर सगै विनोद मानन्धर, मिलनबाबु मल्ल, राजन जैन लगायतको लगानी रहेको छ ।
Photo Courtesy Surya Entertainment

