'गोर्खा पल्टन'पछि 'प्रवास'तिर नारायण रायमाझी ।

[dropcap]के[/dropcap]हि बर्ष अघि प्रदर्शन भएको चलचित्र ‘गोर्खा पल्टन’ निर्देशन गरेर चर्चा कमाएका  नारायण रायमाझी नयां चलचित्र ‘प्रवास’ को निर्मााणमा जुटेका छन । लोक संगीतमा उल्लेख्य नाम कमाएका निर्देशक रायमाझी को यो दोस्रो चलचित्र हो ।prabasइन्डियन आइडियल प्रशान्त तामाङलाई नायकका रुपमा डेब्यु गराउदै  चलचित्रलाइ सफलताको श्रेणीमा पुर्‍याएका रायमाझी लामो समयपछि ‘प्रवास’ चलचित्र निर्माण एवं निर्देशन गर्न लागेका हुन् ।
नारायण रायमाझीको निर्माण एवं निर्देशन गर्न लागेको चलचित्र ‘प्रवास’मा राजेश वंशल पनि निर्माताका रुपमा रहेका छन् । चलचित्रमा नरेश खड्का, रजनी केसी, प्रविन खनिया, प्रशान्त तामाङ, केशव भट्टराई, हिउावाला गौतम, आरसी कोइराला, तारा शर्मा, विएस लामिछाने, अनु अधिकारी, शित्तल आचार्य लगायतको अभिनय रहेको छ । चलचित्रको हाल पाल्पामा वरिपरिको रमणीय दृश्यमा छायांकन भइरहेको छ ।

Namaste Filmy

Read Previous

नायिका रागीनी खड्कीको “ब्रम्हा” फागुण ३० गते देखि

Read Next

सबैका सामु रोए बलिउड बादशाह शाहरुख खान ।