
यस बर्षको सुपर हिट चलचित्र ‘वडा नम्बर ६’को ‘सुर्के थैली खै…’ बोलको गीतले यूट्युवमा कीर्तिमान कायम गरेको छ ।यूट्युवमा गीत रिलिज गरिए बाट नै चर्चामा रहेको ‘सुर्के थैली खै…’दर्शकले खुब मन पराएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा सबैभन्दा बढी पटक हेरिएको गीतको रुपमा सुर्के थैली पर्न गएको छ ।
साउन २१ गते यूट्युवमा अपलोड गरिएको वडा नम्बर ६ को यस गीत आज सम्म ५० लाख पटक भन्दा बढी हेरिएको छ ।‘सुर्के थैली खै…’ गीतलाई राजनराज शिवाकोटीले संगीत दिएका हुन् भने यो गीतमा अञ्जु पन्त, राजनराज शिवाकोटी तथा राजु विश्वकर्माको स्वर रहेको छ ।राजनराज शिवाकोटी को शब्द रहेको यस गीतलाई शंकर बिसीले नृत्य निर्देशन गरेका हुन् ।चलचित्रलाई लाई उज्वल घिमिरेले निर्देशन गरेका हुन ।आमा सरस्वती गीतादेवी फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण भएको फिल्म ‘वडा नं ६’ लाई दिपकराज गिरी, दिपाश्री निरौला ,निर्मल शर्मा लगायतले मिलेर निर्माण गरेका हुन ।चलचित्रमा दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल,दयाहाङ राई ,प्रियंका कार्की,निर शाह लगायतको मुख्य अभिनय रहेको छ ।

