पहिलो 'मिस माडी' बन्ने दौडमा १२ सुन्दरी

Miss madiमाडीमा पहिलो पटक मिस माडी प्रतियोगिता आयोजना गरिएको छ । मञ्जरी ग्रुप प्रा.लिले आयोजना गरेको मिस माडि प्रतियोगिताको अडिसन बाट छनौटमा परेका १२ जना युवतीले प्रतियोगितामा सहभागिता जनाएका छन् । माडिको पहिचान र सुन्दरतालाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा चिनाउनका लागी प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा १६ देखि १९ बर्ष उमेरका युवतीहरुले सहभागिता जनाएका छन । बसन्तपुरको शिखर पाटी प्यालेसमा सहभागिहरुको प्रशिक्षण चलिरहेको छ । सहभागिलाई व्यक्तित्व विकास, सामाजिक क्रियाकलाप र विभिन्न क्षेत्रको बिषयमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ । अहिले कोरियोग्राफर बिशाल आले मगरले प्रशिक्षण दिइरहनु भएको छ । मञ्जरी ग्रुपले कला, संस्कृती र सुन्दरता भन्ने नारा सहित यस अघि मिस एरोमा चितवन, मिष्टर एण्ड मिस लिटिल चितवन समेत आयोजना गर्दै आइरहेको छ ।Miss madi6

Namaste Filmy

Read Previous

नारायणगढमा सबिन र केकीको भागाभाग

Read Next

जेलबाट छुटे सञ्जय दत्त, जेललाई सलाम गर्दे निस्किए