'ड्राइभर दाई'को गीतमा संचारकर्मी रबि अधिकारीको शब्दमा टंकले दिए स्वर र संगीत

driver dai 3चलचित्र ‘ड्राइभर दाई’को अहिले धमाधम छायांकन भइरहेको छ ।बिहिबार चलचित्रमा सामबेश एउटा गीतको छायांकन भब्य तरिकाले सम्पन्न भएको छ ।अहिलेका चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीको संगीतमा टंक र सरु गौतमको स्वरमा रहेको छायांकन भएको गीतलाई बब्बु थापाले नूत्य निर्देशन गरेका हुन्। चलचित्रको ड्राइभर दाई बोलको टाइटल गीतलाई संचारकर्मी रबि अधिकारीले लेखक हुन् ।
driver dai 4गीतमा किशोर खतिवडा र सिमा के.सी.सहित ४० जना कोरस राखेर बब्बुले शानदार तरिकाले कलाकारलाई नूत्य गराएका छन् ।चार दिन लगाएर छायांकन गरिएको टाइटल गीतमा संगीतकार टंक बुढाथोकीले अलि फरक संगीत दिएका छन् ।चलचित्रको यस गीतलाई हेटौडामा छायांकन गरिएको हो ।गीतलाई सुमन तन्डुकार छायांकन गरेका हुन् ।
driver daiचलचित्रलाई बि.एस. बलामीले निर्देशन गरेका हुन् ।चलचित्र ‘ड्राइभर दाई’लाई बि.एस. बलामी,राजेन्द्र गौतम ,दिपेश पाठकले मिलेर निर्माण गरेका हुन् ।चलचित्रमा किशोर,सिमा बाहेक प्रज्वल गिरी, धुर्ब कोईराला लगायतको अभिनय रहेको छ ।

Namaste Filmy

Read Previous

फ्राइडे रिलिज : सबिनको 'खुर्पा'

Read Next

फाल्गुन २१ मा अनमोलको लुक्स आमेशको अभिनय भिडन्त