'नाइ नभन्नु ल ४' को टाइटल गीत रिलिज । भिडियो

Paul shaha nai nabhannu la 4प्रतिक्षित फिल्म ‘नाइ नभन्नु ल ४’ को टाइटल गीत रिलिज गरिएको छ । बिकास अचार्य निर्देशित फिल्मको टाइटल गीतमा पौल शाह र बर्षा राउत फिचरिङ छन । गीत चितवनको विभिन्न रमणिय स्थानमा खिचिएको छ ।
बिकास आचार्यको शब्द रहेको गीतमा बसन्त सापकोटाको सँगीत, राजेश पायल राई र रजिना रिमालको स्वर छ । गीतमा कोरियोग्राफी कविराज गहतराजको छ ।
हरिबोल भण्डारी र दिनेश पोखरेल निर्मित फिल्म चैत्र २६ गतेबाट रिलिजको तयारीमा छ । फिल्ममा पौल र बर्षासँगै प्रियंका कार्की, अनुभव रेग्मी, शिशिर भण्डारी, मरिचमान श्रेष्ठ लगायतको अभिनय छ । फिल्म नाई नभन्नु ल को चौथो सिरिज हो ।

Namaste Filmy

Read Previous

दिपाश्रीको फिल्ममा यी कलाकार

Read Next

माझि समुदायको कथा फिल्ममा